जेठ १, सिरहा | सिरहाको धनगढीमाई नगरपालिका-१ र १४ मा नेपाली कांग्रेसका सूर्यनाथ यादव र अमित ठकुरीकाे प्यानल विजयी भएकाे छ ।

वडा १ मा सूर्यनाथ यादवले ७४५ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ५४४ मत ल्याए ।

वडा नम्बर १४ मा अमित ठकुरी ५२२ मत प्राप्त गरी विजयी भए । एमालेका उम्मेदवारले ३३८ मत प्राप्त गरे ।

यो दुवै वडामा ०७४ को स्थानीय तह निर्वाचनमा एमाले विजयी भएकाे थियो ।

धनगढीमाई नगरपालिका-१ र १४ मा कांग्रेस विजयी
Leave a Comment