फागुन १०, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् ।

यसअ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् ।

यसअ"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

२०७३, १० फाल्गुन मंगलवार १०:४३

फागुन १०, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् ।

यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ ।

त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराए । उनका अनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी सङगठनसँगको छलफलपछि त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम– २०६९ मा उक्त व्यवस्था गरिएको हो ।

‘‘स्ववियुलाई वास्तविक विद्यार्थीको सङ्गठन बनाउनका लागि अन्तिम तहको परीक्षा दिइसकेपछि त्यो पदाधिकारी वा सदस्य पदमा बस्न पाउँदैन’’उनले भने, ‘‘स्ववियुलाई मर्यादित बनाउनका लागि अहिले यस्तो व्यवस्था ल्याउन थालिएको हो ।’’

उनले स्ववियुबाट रिक्त पदलाई के गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बताए। त्रिविले स्ववियु निर्वाचनमा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली अपनाउँदै छ ।

सभापति, सचिव, कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपतिक प्रणालीबाट चयन गरिने छ ।

उपसभापति र सहसचिव निर्वाचित स्ववियुले चयन गर्नेछ भने ५० प्रतिशत सङ्गठनले बुझाएको बन्दसूचीबाट सबैभन्दा बढी मत पाउने सदस्यलाई निर्वाचन समितिले मनोनयन गर्ने छ । त्रिविमा यही फागुन १८ गते आठ वर्षपछि स्ववियु हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी