२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा नेपाल कम्युनिष्ट पार्टिले कार्यालयको बोर्ड च्यात्यो

२०७३, १९ चैत्र शनिबार १३:३४


कृष्ण कँडेल/चैत १९, बागलुङ । स्थानिय निर्वाचनको खारेजिको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टिले बागलुङका स्थानिय तहका कार्यालयमा तालाबन्दि गर्दै कतिपय कार्यालयको बोर्ड झिकेर फालेको र केहि च्यातेर छोडेको भेटिएको छ ।

ढोरपाटन नगरपालिका कार्यालयमा शनिबार विहान ताला लगाएको, कार्यालयको बोर्ड च्यातिएको र कार्यालयको च्यानल भित्र नेपाल कम्युनिष्ट पार्टिको नाम उल्लेख भएको निर्वाचन बहिष्कारको पोष्टर राखेको भेटिएको प्रहरीले जनाएको छ । 

गलकोट नगरपालिका, निसीखोला गाउँपालिका, वडिगाड गाउँपालिका र बरेङ गाउँपालिकाको कार्यालयमा पनि कतै ताला लगाएको त कतै बोर्ड निकालेर फालेको र कतै झिकेर लगेको भेटिएको बागलुङका प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङले जानकारी दिए ।


कार्यालयको नजिकै ‘कथित स्थानिय चुनाब खारेज गरौँ’ भन्दै मतपत्र र मतपेटिका जलाएको तस्विर भएको नेपाल कम्युनिष्ट पार्टिको पर्चा भेटिएको प्रहरीको भनाई छ । ताला प्रहरीले तोडेको छ । निर्वाचन विरोधि गतिविधि गर्नेहरुको खोजि कार्य सुरु गरिएको ईप्रका बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए । 

गलकोट नगरपालिकाका निमित्त कार्यकारी अधिकृत माधब शर्माले आज बिहान कार्यालयको बोर्ड झिकेको र कार्यालय नजिकै पर्चा भेटिएको स्थानियले आफुलाई बताएको जानकारी दिए ।

घटनाको बारेमा सोध्दा पार्टिको कार्यक्रममा अहिले वुटवल रहेको बताउने नेकपाका एक जिल्ला स्तरिय नेताले नाम उल्लेख नगर्न आग्रह गर्दै पार्टिको निर्वाचन बहिष्कारको निति अनुसार नै आफ्ना कार्यकर्ताले यस्तो गतिबिधि गरेको स्विकार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह