By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    8 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: राष्ट्रपतिको भारत भ्रमणले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > राष्ट्रपतिको भारत भ्रमणले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने
काठमाडौँ - KTMराजनीति

राष्ट्रपतिको भारत भ्रमणले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने

साझासवाल
Last updated: April 16, 2017 11:22 am
साझासवाल
5 Min Read
Share

वैशाख ३,काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियांैदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ । 

नेपालमा नयाँ संविधान जारी भएपछि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पुग्नुभएका भण्डारीको आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुहुने छ । यस्तै, राष्ट्रपतिले अन्य भारतीय उच्च अधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने छ । 

राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुनुुहुनेछ भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्नुहुने कार्यक्रम छ । यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गर्नुभएको थियो । नेपाल गणतन्त्रात्मक मुलुक भएपछि पहिलो पटक छिमेकी राष्ट्र भारतबाट राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण भएको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायननले विसं २०५५ जेठ १४ गते नेपाल भ्रमण गर्नुभएको थियो । 

अठार वर्षपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा न्यानोपन र व्यापकता आउने तत्कालीन अवस्थामा सरकारले विश्वास लिएको जनाएको थियो । सरकार–सरकार र जनता–जनताबीचको बहुआयामिक र ऐतिहासिक सम्बन्ध रहेको नेपाल र भारतबीच हुने उच्चस्तरीय भ्रमणबाट दुई देशबीच बेलाबखत देखापर्ने उतारचढावलाई न्यून गरी आपसी विश्वास बढाउने काम भइआएको छ । 

यस्तै, नेपालको राजनीतिक परिवर्तनपछि गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले विसं २०६६ फागुन ३ गतेदेखि तत्कालीन भारतीय समकक्षी प्रतिभा पाटिलको औपचारिक निमन्त्रणामा भारतको राजकीय भ्रमण गर्नुभएको थियो । पहिलो पटक जननिर्वाचित तत्कालीन राष्ट्रप्रमुखबाट त्यसबेला भएको भारत भ्रमणलाई ऐतिहासिक कोसेढुङ्गाको रुपमा मानिएको छ । तत्कालीन राष्ट्रपति डा यादवको राजकीय भ्रमणका बेला द्विपक्षीय हितका केही महत्वपूर्ण सम्झौता भएका थिए । यसका साथै नेपालको भौतिक पूर्वाधारको विकासमा समेत भारतीय पक्षबाट महत्वपूर्ण सहयोगको घोषणा भएको थियो । 

त्यस अवसरमा भारतीय पक्षबाट नेपाल–भारत सीमासम्म रेल सेवा विस्तार गर्ने, हेटाँैडामा पोलिटेक्निकल इन्स्टिच्युटको स्थापना र वीरगन्जमा नेपाल–भारत मैत्री सभागृह निर्माण गर्नेलगायतका विषयमा भारतीय पक्षको घोषणासहित दुई देशका उच्च अधिकारीबीच सम्झौता भएको थियो । तर, ती सम्झौताअनुसारका काम अहिलेसम्म पनि अगाडि बढेको देखिएको छैन । 

राष्ट्रपति भण्डारीको भारत भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री सुुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराई संविधानतः आलङ्कारिक राष्ट्रपतिको यो भ्रमण पनि आलङ्कारिक नै हो भन्नुहुन्छ । उहाँले भन्नुभयो – “गत नोभेम्बरमा भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलगत्तै हाम्रा राष्ट्रपतिको तय भएको भारत भ्रमण अहिले हुन लागेको छ । यो सद्भावपूर्ण हुने मेरो विश्वास छ ।” राष्ट्रपतिको यो पहिलो विदेश भ्रमणलाई आत्मीय र सम्मानजनक बनाउनु राष्ट्रका लागि इज्जतको विषय हुने भएकाले त्यसअनुसार भ्रमणलाई सफल बनाउनु राज्यको दायित्व हुने विचार उहाँले प्रकट गर्नुभयो । 

राष्ट्रपति अहिले आलङ्कारिक भएपनि उहाँको पृष्ठभूमि राजनीतिक भएकाले पनि भारत सरकारले राष्ट्रपतिमार्फत नेपालको संविधान, आसन्न निर्वाचन र मधेसका असन्तुष्टिका विषयमा प्रत्यक्ष देखिने गरी नभएर साङ्केतिक रुपमा केही सन्देश दिन अवसरका रुपमा यो भ्रमणलाई लिनसक्ने अनुमान गर्न सकिने उहाँले बताउनुभयो । 

नेकपा एमालेका नेता तथा विदेश मामिला विज्ञ डा राजन भट्टराईले नेपालमा संविधान जारी भएपछि संविधानतः संवैधानिक सर्वोच्च निकायका तर्फबाट हुन लागेको यो भ्रमणले दुईपक्षीय सम्बन्धलाई अझै उँचो बनाउने विश्वास व्यक्त गर्नुहुन्छ । 

उहाँले भन्नुभयो – “संविधान जारी भएपछि राष्ट्रपतिबाट हुन लागेको यो पहिलो विदेश भ्रमणलाई छिमेकी राष्ट्र भारतले पनि महत्व दिएको छ । दुई स्वतन्त्र र सार्वभौम राष्ट्रका राष्ट्र प्रमुखबीचको भेटले आगामी दिन दुई मुुलुकबीच रहेका मतभिन्नता चिर्न थप मद्दत पुग्नेछ ।” 

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले नेपालमा समावेशी संविधान जारी भएपछिको राष्ट्रपतिको पहिलो विदेश भ्रमण भएकाले पनि यो आफंैमा महत्वपूर्ण रहेको बताउनुहुन्छ । 

उहाँले यो भ्रमणले नेपाली जनता र भारतीय जनताबीचको अगाध माया र स्नेहको सम्बन्ध अझै कसिलो बन्ने विश्वास व्यक्त गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी प्रवक्ता पम्फा भुसालले संविधानतः संवैधानिक राष्ट्रपतिको यो भ्रमणले आपसी सम्बन्ध अझै सुदृढ बन्ने बताउनुभयो । 

एक राष्ट्रप्रमुखको हैसियतले हुन लागेको राष्ट्रपति भण्डारीको भारत भ्रमण कुनै राजनीतिक विषयमा भन्दा पनि सद्भाव अभिवृद्धिका लागि हुनुपर्ने धारणा उहाँले राख्नुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article एमालेको आन्तरिक विश्लेषण -माओवादीले चाहे एमाले पत्तासाफ
Next Article सडक अनुशासन कायम गर्न फुटपाथका पसल हटाइँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जन

पल शाहलाई भेट्न कारागार नै पुगे दुर्गेश थापा

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

पशुपति क्षेत्रमा भगवानका चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

57 years ago
काठमाडौँ - KTMसमाज

त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रतिनिधिसभा बैठक स्थगित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?