साउन १२ , काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२ , काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको "/>

2026-07-01 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठग म्यानपावरलाई तह लगाउन स्पेशल फोर्स बनाउँदैछु: गृहमन्त्री

2017-07-27


साउन १२ , काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गर्ने घोषणा गरेका  छन् । 

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री शर्माले युवाहरु ठगिएको हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको उल्लेख गर्दै भने, ‘ठगीएको पैसा फिर्ता नपाउँदा धेरै घरबारविहीन भएका छन्, त्यस्तो समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’

‘उक्त ब्युरोलाई वैदेशिक रोजगारीको सिलसिलामा दुःख पाएका हरुको समस्या समाधान गर्ने जिम्मा दिइने छ’ मन्त्री शर्माले भने, ‘धेरै नेपाली कामदार भएका देशहरुमा प्रहरीको अफिसर पठाएर समस्या समाधान गर्नेबारे पनि तयारी गरिरहेका छौं ।’

वैदेशिक रोजगारको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र मेनपावर कम्पनीहरुको बीचमा समन्वयको अभाव भएको उल्लखे गर्दै उनले भनेे, ‘अवैध रुपमा विदेशीनेहरुलाई रोकथाम गर्नका लागी अध्यागमनको क्षमता अभिवृद्धि गर्नेतिर गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’

‘वैदेशिक रोजगारीमा जाने प्रक्रिया जटिल छ, त्यसलाई सहज बनाउन जरुरी छ’ मन्त्री शर्माले भने-, ‘हामीले तत्काल वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई रोक्न नसक्ने हुनाले थप सहज बनाउन सम्बििन्धत मन्त्रालयले सोच्नुपर्छ ।’

वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सरकारले तालिम र प्रशिक्षण दिन नसकेको उल्लेख गर्दै उनले भने, ‘अहिले श्रमिकहरु दलालको फन्दामा पर्ने गरेका छन्, म्यानपावरले पनि दलाल मार्फत आएका मान्छेहरुलाई विदेश पठाउने हुनाले दलालबाटै उनीहरु ठगिन्छन् ।’

‘फ्री भिसाको प्रावधानलाई समेत हामिले नियमन गर्न सकेनौं’ मन्त्री शर्माले भने, ‘दलालहरुले त्यहि  भिसा बेचिराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र लाख-लाख रुपैयाँ असुलिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ