जेठ ४, काठमाडौँ | कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पतिपत्नी नै जनप्रतिनिधि चुनिएका छन्।

दुई अलग पार्टीबाट उम्मेदवार बनेका उनीहरु वडा सदस्यमा निर्वाचित भएका हुन्। नेकपा एमालेबाट दोधारा चाँदनी नगरपालिका ७ बाट खुला सदस्यमा उम्मेदवार बनेका सन्दीप उपाध्याय विजयी भएका छन्।

उनकी पत्नी कमला उपाध्याय भने नेपाली कांग्रेसबाट महिला सदस्य पदमा विजयी भएकी हुन्।

एमालेबाट खुला सदस्यमा चुनाव लडेका सन्दीपले ७ सय ५५ मत प्राप्त गरेका छन्। कांग्रेसबाट महिला सदस्यमा उम्मेदवार बनेकी उनकी पत्नी कमलाले भने ७ सय ९२ मत प्राप्त गरेकी छन्।