2026-07-05 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा

काठमाडौँ | नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी सांसद मोदीले समिति सरकारको छायाजस्तो देखिएको भन्दै सभापति पोखरेलको राजीनामा माग गरे।

सरकारलाई चेक एण्ड व्यालेन्स गर्ने समितिका सभापतिविरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रसस्त गर्नुपर्ने उनको भनाइ छ। उनले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले केही न केही जवाफ दिनुपर्ने बताए। सांसद मोदीले लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्ने दोहोर्‍याए।

त्यस्तै एमाले सांसद योगेश भट्टराईले लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको अवस्थामा प्रष्ट पार्नुपर्ने बताए। आर्थिक लेनदेनमा आफू ठीक ठाउँमा उभिएमात्रै अरूमाथि नियमन गर्न सहज हुने उनको भनाइ छ। उनले सभापति र उनको परिवारका विषयमा कुरा उठिसकेपछि न्यायिक निरुपणमा जान सुझाव दिए। उनले समिति सभापति परिवर्तन गर्ने विषयमा राजनीतिक समझदारी आवश्यक रहेको बताए।

समिति सभापति ऋषिकेश पोखरेलले नीतिगत रूपमा आफूमाथि उठेका विषयमा विभिन्न ठाँउमा जवाफ दिएको बताए । कानुनी प्रक्रियामा रहेका विषयको सबै परीक्षामा समावेश हुन आफू तयार रहेकाले समितिमा यस विषयका केही नबोल्ने उनले बताए। उनले सभापति चयनका विषयमा दलहरूबीचको सहमति स्वीकार्य हुने बताए। करिब चार महिनापछि बसेको बैठकमा बेरुजु छलफलको प्रगति समीक्षासम्बन्धी विषयमा सामान्य छलफल भएको थियो। सभापति पोखरेलले अब समितिलाई क्रियाशिल बनाउने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै