२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा

२४ माघ २०८१, बिहीबार १८:०७

काठमाडौँ | राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसँग ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बिगो तथा सजाय माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

उनीविरूद्ध घुस/रिसवत लिएको उजुरीको अनुसन्धान गर्दा उक्त बराबरको रकम बिगो कायम हुन आएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले बताए।

पौडेलसँगै भारतीय नागरिक दीपक आनन्दसँग पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ। पौडेल र नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि आनन्दले आपसी मिलेमतोमा केन्द्रलाई आवश्यक पर्ने सामग्री गरिद गर्दा भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।

यसअघि अख्तियारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक रहँदा पौडेलले भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल