2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारकाे लक्ष्य छ : मन्त्री सिंह

असार २६, सुर्खेत | जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै ४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् । 

हालसम्म पनि बजेट तर्जुमाको  स्पष्ट मापदण्ड नबन्दा र तीनै तहका सरकारको अधिकार क्षेत्र निश्चित नहुँदा योजना तर्जुमामा दुविधा उत्पन्न भएको र यसलाई व्यवस्थित बनाएर लैजाने प्रयास भइरहेकाे उनकाे भनाइ छ  ।

कर्णाली प्रदेश भौगोलिक हिसाबले ठूलो र विकट छ । यहाँ हालसम्म पनि ६० प्रतिशत प्राविधिक जनशक्तिको पद रिक्त छ । भुगोल सुहाउँदो कार्यालयको सांगठानिक संरचना नबन्नु, सिंचाइ, नदी नियन्त्रण तथा ऊर्जा जस्ता जनताको मौलिक हक तथा गरिबी निवारणसँग प्रत्यक्ष जोडिएका क्षेत्रको विकास गर्नुपर्ने दायित्व भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयको बजेट सिलिङ अत्यन्तै कम हुँदा गाह्रो भएको उनले बताए । 

कर्णाली उज्यालो कार्यक्रम र ऊर्जासम्बन्धी कार्यक्रम समेत कार्यान्वयन गर्नेगरी कार्यक्षेत्र विस्तार भएकोले केही नगन्य मात्रामा सन्तुलित तरिकाले नयाँ योजना प्रस्ताव गरी आवश्यकताका आधारमा योजना निर्माण भएको बताए । 

कर्णाली प्रदेशमा रहेका सम्पूर्ण सिंचाइयोग्य जमीनको संरक्षण गर्न तथा संरक्षित सम्पूर्ण कृषियोग्य भूमिमा बाह्रैमास सिंचाई सुविधा पुर्‍याउन सिंचाइ तथा नदी नियन्त्रणसम्बन्धी संरचना निर्माण तथा टार सिंचाई कार्यक्रमको लागि प्रतिफल देखिने गरी प्राथमिकीकरण गरी बजेट तथा कार्यक्रम समावेश गरेकाे मन्त्रालयले जनाएको छ ।

विकास निर्माणमा सरकारी क्षेत्रको साथसाथै निजी क्षेत्रको पनि अहम् भूमिका हुने हुँदा ऊर्जा उत्पादन, प्रशारण तथा वितरणको क्षेत्रमा निजी क्षेत्रलाई समेत संलग्न गराउने उद्देश्यले सार्वजनिक, निजी साझेदारीको अवधारणालाई अगाडि बढाउने गरी पीपीपी मोडलमा सौर्य ऊर्जा प्रविधि जडान कार्यक्रम प्रस्ताव गरी काम सुरु गर्न तयारी थालिएको उनले बताए । 

विद्युतीकरणसम्बन्धी ठूला आयोजना सन्चालन गर्न आयोजना स्क्रिनिङ्ग र्‍याङ्किङ गरी निर्माण प्रक्रिया अगाडि बढाउनुका साथै विद्युत विकास स्थापना तथा लघु जलविद्युत नवीकरणीय ऊर्जालगायत नयाँ आयोजनाको विस्तृत अध्ययन तथा सर्वेक्षण गर्नेगरी बजेट प्रस्ताव गरी कार्यान्वनमा ल्याउन लागेकाे जानकारी दिए । 

खानेपानी तथा सरसफाई, सिंचाइ तथा ऊर्जा विकाससम्बन्धी जलस्रोतको समुचित व्यवस्थापन गर्न जलस्रोत क्षेत्रको नीति, नियम, ऐन, कानुन निर्माणको लागि आगामी आर्थिक वर्षमा विशेष पहल सुरु गरेकाे मन्त्रालयले जानकारी दिएको छ ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते