पुस २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने वातावरण बनाउन आग्रह गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने वातावरण बनाउन आग्रह गर"/>
2026-06-16 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले मुख्यमन्त्री जम्मकट्टेललाई भने – कांग्रेसले विश्वासको मत दिने वातावरण बनाउनुस्

पुस २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने वातावरण बनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रचण्डले सबै दलले विश्वासको मत दिनसक्ने वातावरण निर्माणको लागि पहल गर्न भनेका छन्।


´संघीय सरकारमा जस्तै बागमती प्रदेश सरकारमा पनि नेपाली कांग्रेससहितका सबै दलले विश्वासको मत दिनसक्ने वातावरण निर्माणको लागि पहल गर्न भन्नुभयो´, भेटपछि जम्कट्टेलले भने। प्रधानमन्त्री प्रचण्डलाई २७० सांसदमध्ये चित्रबहादुर केसी र प्रेम सुवालबाहेक २६८ सांसदले विश्वासको मत दिएका थिए।

सत्ता समीकरण दलहरूसँग  छलफल गरेर प्रदेशमा नमूना काम गर्न प्रचण्डले निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले जनतामा नयाँ आसा जागेको भन्दै त्यसलाई पूरा गर्ने गरी काम गर्न मुख्यमन्त्री जम्कट्टेललाई निर्देशन दिए।

भेटको क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रहरी छिटो समायोजन गरिदिन आग्रह गरे। साथै संघीय निजामति ऐन तत्काल निर्माण गरेर प्रदेशमा काम गर्न सहज वातावरण निर्माणको लागि आग्रह गरे। माओवादी केन्द्रका संसदीय दलका नेता जमकट्टेल एमालेसहितका सत्ता साझेदारको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने कार्यसूची छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ