2026-06-17 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा सिकेको सीपले यहाँ १० जनालाई रोजगारी

माघ १०, काठमाडौँ | पारिवारिक सुखका लागि  सन् २००६ मा  खाडी देशमा रोजगारीका लागि होमिनुभएका मोरङ उर्लाबारीका राजकुमार निरौलाले त्यँहा रहदा एक कम्पनीमा बेकरी बनाउने काम पाउनुभयो । परिवारको माया र आफन्तको साथ छोडेर करिब १० वर्ष दुबईमा रोजगारी गरी सन् २०१६ मा नेपाल फर्किनुभएका उहाँले विदेशमा सिकेको सीप र क्षमतालाई स्वदेशमै उपयोगमा ल्याउन सदाका लागि वैदेशिक रोजगारी त्यग्ने सोच बनाउनुभयो ।


वैदेशिक रोजगारीमा सङ्गालेको अनुभवलाई समेटेर निरौलाले रु  ५० लाखको लगानीमा उर्लाबारी–५ स्थित सिर्जना चोकमा ‘नोभा बेकरी उद्योग’ स्थापना गर्नुभयो । विदेशमा कमाएको सबै रकम उद्योगमा लगानी गर्दा सुरुसुरुमा उहाँले   लगानी डुब्ने हो की भन्ने पिरले निकै मन पोल्ने गरे पनि निरन्तर उद्योग सञ्चालनमा लागिरहँदा आज उर्लाबारीमै सफल बेकरी उद्योगीका रूपमा स्थापित भइएको बताउनुभयो ।

उद्योगबाट उत्पादित बेकरीका ‘आइटम’ले छोटो समयमै उपभोक्ताको मन जित्न सफल भयो । आत्मविश्वास भए स्वदेशमै उन्नति गर्न सकिँदो रहेछ भन्ने दरिलो हिम्मत आफूमा पलाएको बताउँदै निरौलाले  यस उद्योगबाट बर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनोट, विभिन्न प्रकारका पाउरोटी यति बेला धमाधम उत्पादन भइरहेका छन् भन्नुभयो । हाल बजारमा डुनोट, ब्रेड र केकको बढी माग हुन्छ । 

उहाँले भन्नुभयो –“मेरो उद्योगमा दैनिक १० जनाले निरन्तर काम गरिरहेका छन् तर बजारको माग धान्न मुस्किल छ ।” नोभा बेकरीका उत्पादन पूर्वी मोरङका मुख्य सहर उर्लाबारी, पथरी, बेलबारी, विराटचोक,  झापाको दमक बजार र गाउँ बस्तीसम्म छाएका छन् । बजारबाट बेकरीको राम्रो माग भएपछि आधिकारिक बिक्री काउन्टर खोल्ने सोचमा पुग्नुभएका निरौलाले भन्नुभयो, “हालसम्म उद्योगबाटै उत्पादित वस्तुलाई बजारसम्म लाने गरिएको थियो अब उर्लाबारी चोकको पश्चिमतर्फ रोड हाउस क्याफेसँगै रहेको कोइराला मार्केटमा बिक्री काउन्टर खोलेर व्यवसायलाई विस्तार गर्ने सोचमा छु ।”

उद्योग सञ्चालनमा आएको सात वर्ष नबित्दै नोभाका उत्पादनको व्यापार फस्टाउँदै गएको छ । उहाँसँगै परिवारका सदस्य र कामदारलाई बेकरीमा आउने मागलाई पूर्ति गर्न सधैँ हतारो हुने गरेको उक्त व्यापारलाई  नजिकबाट नियाल्नेहरुले बताए । गुणस्तरीय उत्पादन र छरितो सेवाका कारण ग्राहकको रोजाइँ बनिरहेको नोभाका नियमित ग्राहक ज्योति भट्टराईले उल्लेख गर्नुभयो ।

चाडपर्वमा बढी उत्पादन र बिक्री हुने चर्चा गर्दै  निरौलाले भन्नुभयो, “होटल, किराना र अन्य खुद्रा बेकरीलाई उत्पादित सामान दिने गरेका छौंँ ।”आफूले नोभाकै बिस्कुट र पाउरोटीहरु बिक्री गर्दै आएको उर्लाबारीको पश्चिम बस स्टेसनमा रहेको श्रेष्ठ होटलका सञ्चालक राम श्रेष्ठको भनाइ थियो । विभिन्न उत्सव र चाडपर्वका लागि बेकरी आइटमका केक गुणस्तरीय उत्पादनमा जोड दिइरहनुभएका निरौलाले होटल, पार्टी प्यालेस  र व्यक्तिगत माग पनि धान्दै आउनुभएको छ ।

“स्वदेशमा नै केही उद्यम गरे रोजीरोटी र रोजगारीसमेत सिर्जना गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सपरिवार लागिपरेका छौँ” उहाँले भन्नुभयो, “बजारमा हाम्रो उत्पादन नयाँ नै हो, हामी सिकिरहेका छौँ, फड्को मारेको त नभनौँ तर सबै खर्च कटाएर मासिक रु एक लाख ५० हजारको हाराहारीम बचत हुने गरेको छ, हाम्रो तयारी अझ निखार्न ज्ञान, प्रविधि र सीप हासिल गर्न हामी बढी केन्द्रीत छौ, हाम्रो उद्देश्य ग्राहकको स्वास्थ्यलाई सर्वोपरी राख्दै गुणस्तरमा कुनै समझौता नगरी शुद्ध, सफा, गुणस्तर र हाइजेनिक उत्पादन दिनु हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ