<p><b>फागुन १७, विराटनगर | </b>प्रदेश १ को नाम भूगोलका आधारमा ‘कोशी’ राख्न समर्थन गरेको नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ । बुधबार बिहान प्रदेश १ को नाम कोशी राख्न समर्थन दिएको केही घण्टा नबित्दै समर्थन कांग्रेसले समर्थन फिर्ता लिएको हो ।<br></p><p>एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर ‘कोशी’ नाम बुधबार बिहान प्रस्ताव संसद्मा दर्ता गराइएको थियो । तर, प्रस्ताव संसदमा दर्ता गराएको केही घण्टा नबित्दै राजवंशीले प्रदेश सभा सचिवालयमा समर्थन फिर्ता लिएको निवेदन दिएका छन्।</p><p>पहिले ‘कोशी’ नाम राख्न समर्थन गरेको कांग्रेस के कारण पछि हट्यो त्यो भने खुलेको छैन । प्रदेश १ को नामाकरण विषयमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव संसद्मा दर्ता गरेका छन् ।</p>
