जेठ ३, काठमाडौँ | संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न ९ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार विक्री व्यवसाय गर्ने व्यक्ति भेटिएपछि सोधपुछ गर्दा आखेटोपहार गोरखाको दशकिलो भन्ने ठाउँमा लुकाएर राखेको सूचना प्राप्त भएको थियो । सो सूचना फलो गर्दै जाँदा दशकिलोबाट ३ जना महिलाहरूलाई जरायोको सिङजस्तो देखिने आखेटोपहार बिक्री व्यवसाय गर्ने मनसायले राखेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए ।

यस्तै गोरखाकै पालुङटार नगरपालिका वडा नम्बर ६ बाट पनि ५ जना पुरुष र १ जना महिला गरी ६ जनालाई एकसिङे गैंडाको खाग जस्तो देखिने वन्यजन्तुको आखेटोपहार खरिद बिक्री व्यवसाय गर्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए । उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोरखामा पठाइएको तिवारीले बताए ।