2026-09-19 10:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बाँसको भाटाले हानेर आफ्नै श्रीमतीको हत्या

चैत १३, खोटाङ | बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् । 

घरायसी विवादमा सोमबार साँझ श्रीमान्÷श्रीमतीबीच झगडा हुँदा श्रीमान्ले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

“श्रीमतीले मादकपदार्थ सेवन गरेकी रहेछन् ।” उहाँले भन्नुभयो, “मातेको झोँकमा श्रीमान्माथि जाइलाग्दा श्रीमान्ले बाँसको भाटाले हान्दा उनको मृत्यु भएको खुल्न आएको छ ।” 

घटनालगत्तै श्रीमान् मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पु¥याइएको आफन्तले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई