२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्रिप्टो र वान एक्स बेटबाट ठगिँदै नेपाली

२०८०, ३१ जेष्ठ बुधबार १०:२६

जेठ ३१, काठमाडौँ | डिजिटल माध्यमबाट विभिन्न खेल खेलाउने तथा सट्टेबाजी गराउने काममा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीका दिनेश खड्का, काभ्रेकी अनीता धिताल, भक्तपुरका दीपेश श्रेष्ठ, कञ्चनपुरका दिनेश चन्द र नुवाकोटका आशिष लामिछाने छन् । उनीहरुका साथबाट प्रहरीले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।

पछिल्लो समय क्रिप्टो र वान एक्स बेटलगायत बाट नेपालीहरु ठगिँदै आएको उजुरी प्रहरीमा परेको छ । प्रहरीले पनि यसमा अनुसन्धान जारी गरिरहेको जनाएको छ ।

‘क्रिप्टो करेन्सी र वान एक्स बेटलगायत अन्य ९ वटा एपबाट नेपालमा अवैध रुपमा सट्टेबाजी भइरहेको हामीसँग सूचना आएको छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले भने, ‘हामी अहिले अनुसन्धानमै छौं ।’

प्रहरीले उनीहरुका साथबाट विभिन्न बैंकका एटीएम, क्रिप्टोकरेन्सी आईडी, ल्यापटप, डायरी, चेकबुक, पेन ड्राइभलगायत सामानसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु