२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोनाल्डोसँगै खेल्न अल नासर पुगे साडियो माने

२०८०, १७ श्रावण बुधबार ०६:५३

साउन १७, काठमाडौँ | स्ट्राइकर साडियो माने साउदी प्रो विग क्लब अल नासरमा अनुबन्धित भएका छन् ।

अल नासरले मंगलबार मानेलाई अनुबन्ध गर्दै कलबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ ।

जर्मन क्लब बायर्न म्युनिख छाड्दै माने साउदी क्लब पुगेका हुन् । मानेले अल नासरसँग चार वर्षको लागि सम्झौता गरेको क्लबले जनाएको छ । उनले पाँच पटकको बालोन डे’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् ।

सेनेगललाई अफ्रिकन कप अफ नेसन्स जिताउँदा माने कप्तान थिए । उनले दुई पटक अफ्रिकी वर्ष खेलाडीको अवार्डसमेत जितेका थिए ।

आर्थिक पक्ष सार्वजनिक नगरिए पनि विभिन्न रिपोर्टहरुका अनुसार साउदी क्लबले मानेका लागि ४० मिलियन युरो तिरेको रोएटर्सले उल्लेख गरेको छ ।

३१ वर्षका मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए । लिभरपुलमा उत्कृष्ट प्रदर्शन गर्दै २६९ खेलमा १२० गोल  गरेपछि उनी गत सिजन बायर्न म्युनिख पुगेका थिए । तर त्यहाँ उनको प्रदर्शन सोचे जस्तो हुन सकेन ।

मानेले अल नासरमा अनुबन्धित भएपछि क्लबको हिस्सा बन्न पाउँदा खुशी लागेको र खेलको लागि धेरै पर्खन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण