काठमाडौंबाट उडेको १५ घण्टामा नेपाल फर्कनेछ उद्धारका लागि इजरायल जाने जहाज

साझासवाल
2 Min Read

असोज २४, काठमाडौँ | इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति उड्ने वाइडबडी ए३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुनेभएको छ ।

नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिका अनुसार यो जहाज स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छ । जहाज ४ घण्टा ४० मिनेटको उडानपछि स्थानीय समय अनुसार ५ बजेट २५ मिनेट जाँदा दुबईस्थित विमानस्थलमा अवतरण गर्नेछ ।

दुबईबाट स्थानीय समय अनुसार ६ बजेर ४० मिनेटमा उड्ने यो जहाज ३ घण्टा ३० मिनेटको उडानपछि इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गर्नेछ । यहाँबाट स्थानीय समय अनुसार ११ बजेट १० मिनेटमा उड्ने सो जहाज ३ घण्टा ५ मिनेटको उडानपछि पुनः दुबई आइपुग्ने छ ।

दुबईबाट स्थानीय समय अनुसार ४ बजेर ३० मिनेटमा उड्ने यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने स्थानीय समय अनुसार राति १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

नेपाल एयरलाइन्सको बुधबार राति ११ बजेर ३० मिनेटका लागि नियमित उडान रहेको छ । यो उडानलाई केही पछाडि धकेलेर दुबई जाने यात्रुलाई सँगै लिएर जहाज उड्ने छ ।

ती यात्रुलाई झारेर इजरायल जाने नेवानिको जहाजले उताबाट भने रेस्क्यू उडानका रुपमा उडान गर्नेछ । सो जहाजले नेपालीहरुलाई लिएर काठमाडौं आउने छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले उडानका लागि आवश्यक अनुमति लिने काम यतिबेला तदारुकताका साथ भइरहेको जानकारी दिए ।

Share This Article
Leave a Comment

Leave a Reply