२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हत्या आरोपमा पति र सौता पक्राउ

२०८०, १४ कार्तिक मंगलवार ०६:४२

कार्तिक १४, पर्सा | छुरा प्रहार गरी कान्छी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले वीरगन्ज महागनरपालिका–१४ बहुअरीका ४५ वर्षीय एजहारुलहक अन्सारीलाई पक्राउ गरेको छ । साथै घटनामा संलग्न रहेको आरोपमा उनकी जेठी पत्नी ३८ वर्षीया नुरजहान खातुनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।कात्तिक ४ गते राति करिब पउने ९ बजेको समयमा एजहारूलहक अन्सारीले कान्छी पत्नी २८ वर्षीया महिमा खातुनलाई घरायसी विवादका कारण कुटपिट तथा धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरेपछि सख्त घाइते भइ अचेत अवस्थामा उपचारको लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराउँदा उपचारकै क्रममा कात्तिक ५ गते बिहान साढे १० बजे महिमाको मृत्यु भएको थियो ।

प्रहरी अनुसन्धानको क्रममा एजहारूलहक अन्सारीको दुई वटा पत्नी रहेको र कान्छी पत्नी महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा ६५ वर्षीय फजल करिम मिया, सासु आमा ६३ वर्षीया सरिफन खातुन र सौता नुरजहान खातुन समेतले कुटपिट गरेको र पति एजहारूलहक अन्सारीले धारिलो हतियार छुरा प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

आरोपितहरुलाई पर्सा प्रहरीले सोमबार साँझ सार्वजनिक गरेको हो । फरार रहेका ससुरा फजल करिम र सासु सरिफन खातुनको खोजतलास भइरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा