By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल
    2 hours ago
    सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
    2 hours ago
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    23 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    24 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    5 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: फूल खेतीमा रमाउँदै किसान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > फूल खेतीमा रमाउँदै किसान
समाज

फूल खेतीमा रमाउँदै किसान

साझासवाल
Last updated: November 4, 2023 9:18 am
साझासवाल
3 Min Read
Share

कार्तिक १८, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । बिहान–बेलुका उहाँले यिनै फूलको गोडमेलमा सयम बिताउनुहुन्छ । 

फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि चालिसेले धान खेती छाडेर विगत पाँच वर्षदेखि फूल व्यवसाय सुरु गर्नुभएको हो । धान खेतीभन्दा फूलबाट मनग्य आम्दानी भएको उहाँको भनाइ छ । “पहिलो वर्ष आधा कट्ठा बाँझो जमिनमा फूल लगाएर बिक्री गर्दा रु ४० हजार आम्दानी भयो”, उहाँले भन्नुभयो, “अर्को वर्ष धान रोप्ने पाँच कट्ठा जमिनमा फूल खेती गर्न थालेको हो, धानभन्दा फूलबाट मनग्य आम्दानी भयो, अहिले निरन्तर फूल नै लगाउने गरेको छु ।”

वार्षिक ३० हजार रुपियाँको धान उत्पादन हुने जमिनबाट अहिले खर्च कटाएर एक लाख रुपियाँ बचत गर्ने गरेको चालिसेले सुनाउनुभयो । “धान त ३० हजारको किन्यो भने वर्षदिनलाई खान पुग्छ, फूल लगाउन थालेपछि आम्दानी बढेको छ”, उहाँले भन्नुभयो, “बिक्रीका लागि कुनै समस्या छैन्, गत वर्षकै ग्राहकहरूले माग गर्नुभएको छ ।” 

तिहार आउन केही दिन बाँकी हुँदा बगैँचामा फुलेको फूलले छुट्टै रौनक बढाएको छ । फूल खेतीबाट किसानले राम्रो आम्दानीसमेत गरेका छन् । जिल्लामा पछिल्लो समय व्यावसायिक फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । 

कावासोतीका नगरपालिका–९ का ६८ वर्षीय विष्णु पोखरेलको दैनिकी पनि अहिले फूल बगैँचामा बित्ने गरेको छ । बाँझो रहेको जमिनलाई भाडामा लिएर कावासोती पशुपक्षी कृषि फर्म दर्ता गरी पोखरेलले फूल खेती सुरु गर्नुभएको हो । उहाँको बगैँचामा तिहारका लागि सयपत्रीसँगै अन्य फूल पनि ढकमक्क फुलेका छन् । “पहिले यो जमिन बाँझो थियो, जग्गा भाडामा लिएर फूल रोप्ने काम ग¥यौँ”, पोख्रेलले भन्नुभयो, “गत वर्षको बजार मूल्यअनुसार यस वर्ष रु पाँच लाख आम्दानी हुने अनुमान गरेका छौँ ।” 

कावासोती–९ मा जग्गा भाडामा लिएर स्थानीयले सामूहिक फूल खेती गरेका छन् । ८० हजार रुपियाँको लगानीमा गरिएको फूल खेतीबाट यस वर्ष पाँच लाख रुपियाँसम्म आम्दानी हुने अनुमान गरिएको बाबुराम केसीले बताउनुभयो । फूल खेती गरी आत्मनिर्भर बनाउन र आयातलाई कमी गर्ने उद्देश्यले फूल खेती सुरु गरिएको केसीको भनाइ छ । 

“करिब तीन हजार पाँच सय बिरुवा लगाएका छौँ, एक हजारदेखि दुई हजार माला बिक्री गर्ने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “अर्को वर्ष जमिन थप गरी फूल खेती गर्ने सोच बनाएका छौँ ।” गाउँका स्थानीय एकजुट भई निर्माण गरिएको समूहले फूल बिक्रीबाट भएको नाफालाई सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरिएको केसीले बताउनुभयो ।  

सयपत्री फूल किन्नका लागि अन्य जिल्लाबाट समेत ग्राहक यहाँ आउने गरेका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोट, कावासोती, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकालगायत क्षेत्रमा लगाइएका फूल व्यवसायीको आम्दानीको स्रोत भएको व्यापारी बताउँछन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बुद्ध एयरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने
Next Article रचिनको शतकमा न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४०२ रनको विशाल लक्ष्य
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

57 years ago
पर्सा - PRSसमाज

चिसोले प्रदेश नम्बर २ मा चार जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

डाक्टर गोविन्द केसीद्वारा १९ औँ सत्याग्रह सुरु

57 years ago
रुपन्देही - RPDसमाज

शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?