मङ्सिर ६, चितवन | चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै दुईवटा शव भेटिएको छ ।

जुटको बोराभित्र पोको पारिएको अवस्थामा चितवनमा दुई वटा शव फेला परेको हो। भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो ।

छुट्टाछुट्टै बोरामा पोको पारेको बोराभित्र शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितकाअनुसार बोराभित्र अन्दाजी ३० वर्षका एक महिला र एक पुरुषको शव भेटिएको छ । शव बुधबार दिउँसो फेला परेको हो । शवको सनाखत हुन बाँकी छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ ।