Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ पुष ०३ गते, दिउँसो २:११ बजे
मकवानपुर - MKW

दिदी र भिनाजुबाटै भाईको हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३, मकवानपुर ।  मकवानपुरको छतिवन गाविसमा आफ्नै दिदीभिनाजु मिलेर भाईको
हत्या गरेका छन । छतिवन ८ की रमिला माझीले आफ्नो श्रीमान धनबहादुर माझीले भतिजा भुगोल माझिको सहयोगमा
आफ्नै भाई मेघबहादुर माझीको हत्या गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

makwanpur hatya newsउनीहरुले मंसिर २८ गते छतिवन गाविस वडा नं–७, चोरभन्ज्या· स्थित दुर्गामाई सामुदायिक
जंगलमा मेघबहादुरको हत्या गरेर ढुंगा र माटोले पुरेका थिए । हत्या भएको ३ दिनपछि रमिलाले शव आफ्नै भाइको
रहेको पनि सनाखत समेत गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताइन् ।


धन बहादुर माझीका अनुसार निजगढ काठमाडौको फास्ट ट्रयाक निर्माणको लागी जग्गाको
क्षतीपूर्र्ती वापत ६१ लाख रकम मृतकको आमाले पाएको र उक्त रकमबाट धन बहादुरले मोटरसाइकल खरिद गरेका थिए
। उनले आफ्नो भाई ३ हप्तादेखि हराइरहेको बताएकी थिईन् ।


महिना अगाडी मेघले घरमा कुटपीट तथा गालीगलौज गरी आजै घरबाट निस्केर जा भनेपछी रमीला र धन बहादुरले उनलाई
मार्ने योजना बनाएका थिए । मेघले रक्सी खाएको बेला धनबहादुर र भुगोल मिलेर टाउकोमा हानी हत्या गरेको
प्रहरीले जनाएको छ ।