मङ्सिर १९, काठमाडौँ | सुबिसु केवल नेट प्रालिको सिस्टमबाट ४६ हजारभन्दा बढी ग्राहकको डाटा चोरी भएको छ ।

प्रहरीका अनुसार मंसिर १ गते झापाको बिर्तामोडका २० वर्षीय रिषभ घिसिङले ४६ हजार २ सय ७१ जना ग्राहकको डाटा चोरी गरेका थिए ।

घिसिङले सिस्टम ह्याक गरेर ती डाटा चोरेको प्रहरीको दाबी छ । उनी पक्राउ परेका छन् । बीसीए अध्ययन गरिरहेका घिसिङले सुबिसुमा डाटा कति सुरक्षित छ भनेर हेर्ने क्रममा ग्राहकको डाटा सुरक्षित नदेखिएको पाएको र त्यसबारे सुबिसुलाई आफैले जानकारी गराएको बताएका छन् ।

उनले आफ्नो घरमा जडान गरेको सुबिसु केवल नेटका लागि उपलब्ध युजरनेम र पासवर्डबाट भित्र छिरेर डाटाहरू सुरक्षित भएको नदेखेको र त्यसबारे कम्पनीलाई जानकारी गराउँदा उल्टै पक्राउ परेको दाबी गरेका छन् ।