२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टिकटक मार्फत चिनजान गरी नेपाल फर्केपछि बलात्कार गर्ने उमेश कुवेतबाट पक्राउ

२०८०, ८ पुष आईतवार ०७:५१

पुस ८, काठमाडौं ।  वैदेशिक रोजगारीमा कुवेतमा रहँदा काभ्रेका उमेश लामा र काठमाडौँमा बस्ने एक युवतीबिच सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत कुरा भइरहन्थ्यो । कुवेतबाट नेपाल फर्केपछि उनीहरूले भौतिक रूपमा चिनजान र भेटघाट गरे । उनीहरू बिचको दोस्ती ‘प्रेम’मा बद्लियो ।

उनीहरूको बिचमा विवाह गर्ने सहमति भयो । भक्तपुरमा फरक–फरक ठाउँमा भेटिराख्ने उमेशले एक दिन युवतीलाई भने–‘हामी विवाह नै गर्ने त होनी… ।’ युवतीलाई विवाह गर्ने सर्तमा उमेशले बलात्कार गरे । उमेश काभ्रेपलान्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–८ का स्थानीय हुन् ।


तर, सँगै घरजम गर्ने सर्तमा शरीर सुम्पेकी युवतीलाई थाहै नदिई उमेश फेरी कुवेत फर्किए । उनी सम्पर्कविहीन भएपछि युवतीले सम्पर्क गर्ने हर प्रयास गरिन् । परिवारसँग कुरा गर्दा परिवारका सदस्यहरूले गैह्र जिम्मेवार जवाफ दिए । त्यसपछि उनी प्रहरीकहाँ पुगिन् ।

युवतीको जाहेरीका आधारमा इन्टरपोलबाट उमेश विरुद्ध रेड नोटिस जारी गरिएको थियो । उमेशलाई पक्राउ गर्न नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

इन्टरपोलको सहयोगमा उमेशलाई कुवेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाबारे प्रहरी वृत जगातिले अनुसन्धान गरिरहेको छ । पीडितले दिएको बलात्कारको जाहेरीका आधारमा अदालतबाट म्याद लिएर उनिबारे अनुसन्धान भइरहेको प्रहरी वृत जगातिकी डिएसपी दिप्ती कार्कीले  बताइन् । 

उमेश भक्तपुरका विभिन्न ठाउँमा भेटेर ‘विवाह गर्ने त होनी’ भनेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । पीडितले प्रलोभन देखाएर धोका दिएको आरोप लगाएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय