पुस २३, काठमाडौँ | सहकारीको १२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार भएका अध्यक्ष र सदस्य गरी दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष र एक सदस्य छन्। डोटीको शिखर नगरपालिका–७ घर भएका ३१ वर्षीय सहकारीका अध्यक्ष हर्कबहादुर कठायत र काभ्रेको धुलिखेल नगरपालिका–११ का ३५ वर्षीय विनोदकुमार ओझालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।

तीनकुनेमा केन्द्रीय कार्यालय भई जोरपाटी र भक्तपुरमा यो सहकारीका शाखा कार्यालय छन्। बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाउने उक्त रकम नै हिनाहिना गरेर उनीहरु फरार भएकोले पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी मवराज अधिकारीले बताए।

उनीहरुले १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनाहिना गरेको आरोप लागेको छ।