२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितवनमा एक पुरुषको शव फेला

२०८०, ६ माघ शनिबार ०२:५५

माघ ६, चितवन | चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारीभित्र एक पुरुषको शव फेला परेको छ ।

मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोका मगर नाम गरेको लाइसेन्स फेला परेको छ । मृतकको परिवारसँग सम्पर्क गर्नका लागि जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

खैरहनी–१२ बस्ने हरि पाठकको जग्गामा एकला महतोले लगाएको केराघारीभित्र पुरुषको शव फेला परेको हो । मृतकको शरिरमा ठूलो चोट नदेखिएको र घुँडा कोतारिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई काठमाडौ‌का एक व्यक्तिले मौरी चरनका लागि खटाएका थिए । शवको पोस्टमार्टमका लागि भरतपुर अस्पतालको राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो