२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

५ जना मृतावस्थामा फेला

२०८०, २३ माघ मंगलवार ०७:२०

माघ २३, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । 

सिन्धुलीको कमलामाई नगरपालिका-९ बथानचौडीस्थित सामुदायिक वनभित्र रहेको खोल्सामा सोही नगरपालिका-९ अमाहा बस्ने ७८ वर्षीय जित बहादुर मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । माघ ६ गतेदेखि हराई बेपत्ता भएका उनको उक्त स्थानमा शव फेला परेको हो । 

गोरखाको गण्डकी गाउँपालिका-४ खुदीटारस्थित बारीमा सोही ठाउँ बस्ने ५८ वर्षीय भोज राज पाण्डे सोमबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुरको कैलाश गाउँपालिका-७ टुर्डुङग् बस्ने ५० वर्षीय आइतराम चेपाङ सोही नगरपालिका-७ चाइरङडाँडा स्थित भिरतल सोमबार मृत अवस्थामा फेला परेका छन् । 

कैलालीको भजनी नगरपालिका-२ मोहनपुलस्थित शौचालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

रसुवाको आमाछोदिङ्मो गाउँपालिका-३ खर्पुडाँडास्थित चौरी गोठमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने