फागुन १, काठमाडौँ | विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भएकी १९ वर्षीया सुस्मिता गोले छन्।

उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनी फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेकी थिइन्।

विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र ५०० दरका २६० थान, २०० दरका ४१ थान, १०० दरका १०८ थान गरी जम्मा १ लाख ४९ हजार साउदी रियाल र ५०० दरका ९ थान, २०० दरका ३ थान, १०० दरका ४९ थान गरी जम्मा १० हजार युएई दिराम तथा मोबाइल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो।