२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्गा प्रसाईँको टिप्पणी- दुर्गा प्रसाईँ राप्रपामा भित्रिन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो

२०८०, २ फाल्गुन बुधबार १०:५५

फागुन २, काठमाडौँ | व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग वार्ता नहुने बताएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रसाईँसँग भेटेपछि वार्ता गर्नको लागि समिति बनाएको थियो।

समितिमा डा. धवलशम्शेर राणा र हेमजंग गुरुङ रहेका छन्। तर, प्रसाईँले राप्रपाले आफ्नो अभियानमा सहयोग गर्न नभई बिथोल्न खोजेको आरोप लगाए।


उनले भने, ‘दुर्गा प्रसाईँ राप्रपामा भित्रिन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो। म एमालेको केन्द्रीय सदस्य छँदै छु नि त्यो भन्दा अलिक गतिलो पार्टी। म राप्रपाका मान्छे त ल्याउँदिनँ भित्रने कुरा नगर्नुस्। हिजो बिहान आएर हात मिलाएर दिउँसो आउँछु भने आएनन्। आन्दोलन बिथोल्न रहेछ। राप्रपासँग मात्रै नभएर ओली प्रचण्डसँग पनि केही नभएर वार्ता गर्नु।’

उनले आफ्नो अभियान अब लघुवित्त, सहकारीहरूलाई गाउँ पस्न रोक्दै आम हडतालको तयारीमा जुटेको बताए।

उनले थपे, ‘भोलिदेखि हाम्रो अभियान सुरु हुन्छ। गाडी र यातायात व्यवसाय पनि बन्द हुन्छन्। काठमाडौंका नाका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द गर्छौँ। म तपाईँहरू हिँडेर यहाँ आउनुपर्दैन। उही महेन्द्र राजमार्गमा सुत्ने। अब यो आन्दोलनले तस्कर र नेताका घरमा ढुंगा हान्छन्। अब नेता नलखेटी हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो