Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

५०औँ विवाह वर्षगाँठ मनाएका २० जोडी ‘आदर्श जोडी’बाट सम्मानित

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ४, चितवन । चितवनको रत्ननगरमा भएको पहिलो पूर्वी चितवन महोत्सवका अवसरमा विवाहको ५०औँ वर्षगाँठ मनाएका उत्कृष्ट २० जोडीलाई ‘आदर्श जोडी’ सम्मान प्रदान गरिएको छ ।

पछिल्लो समयमा विवाह गरेको केही वर्षमै जोडीको सम्बन्ध विच्छेद हुने स्थितिलाई न्यून गरी युवालाई लागि प्रेरणा दिने उद्देश्यले ५०औँ वर्षगाँठ मनाएका जोडीलाई यसरी सम्मान गरिएको पूर्वी चितवन महोत्सवका संयोजक नीरज श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मानित जोडीलाई रत्ननगर अस्पतालले निःशुल्क उपचार गर्ने अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले घोषणा गर्नुभयो । दश दिनसम्म सञ्चालन भई आइतबार समापन गरिएको उक्त महोत्सवमा पूर्वी चितवनमा विभिन्न क्षेत्रबाट विशिष्ट योगदान दिएका छजना व्यक्तिलाई ‘मरणोपरान्त स्मृति सम्मान’ समेत प्रदान गरिएको थियो ।

कात्तिक २४ देखि मंसिर ३ गतेसम्म चलेको महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको आयोजक रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिनुभयो ।

झण्डै २०० कक्ष रहेको महोत्सवमा कलाकारहरू इन्दिरा जोशीे, शिव परियार, ज्योति मगर, मनोज गजुरेल, सागर आले, सुजाता पाण्डे, दिनेश काफ्ले र विनिता शाहीका मनोरन्जनात्मक प्रस्तुति थियो ।

यस्तै महोत्सवमा आयोजित दुलही शृंगार तथा रत्यौती प्रतियोगिता, विद्यालय स्तरीय नृत्य तथा वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।

महोत्सवमा सहभागी भएका २०७४ सालका जोडीलाई सौराहाका निश्चित होटलमा ४० प्रतिशत छुटको हनिमुन प्याकेज घोषणासमेत गरिएको छ । रासस