२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनन्त–राधिकाको विवाहमा १ हजार करोड खर्च गर्दै अम्बानी

१७ फाल्गुन २०८०, बिहीबार १०:०९

फागुन १७, काठमाडौं | भारतको सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्न लागेका छन् । दुई जानको प्रि–वेडिङ सेरेमनी १ मार्चदेखि गुजरातको जामनगरमा सुरु हुनेछ ।

विवाहमा बिल गेट्स, मार्क जकरबर्गजस्ता अन्तर्राष्ट्रिय हस्तीदेखि बलिउड सेलिब्रेटीहरुको जमघट हुनेछ । भारतीय मिडियाको रिपोर्टअनुसार अनन्त–राधिकाको विवाहमा करिब १ हजार करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


यसअघि मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४ सय करोड भारु खर्च भएको थियो । ईशाले विवाहमा ९० करोड भारतीय रुपैयाँ बराबरको लहेङ्गा लगाएर विश्व कीर्तिमान नै बनाएकी थिइन् । जबकि बलिउड अभिनेत्री दीपिका पादुकोण र अनुस्का शर्माको विवाहको कूल खर्च ९०–९५ करोड भारु थियो ।

यसअघि प्रियंका चोपडाले निक जोनससँग विवाह गर्दा १५ करोड भारुको लुगा लगाएर सबैलाई चकित बनाएकी थिइन् । बलिउड महँगो विवाहका लागि चिनिन्छ । तर, बलिउडका शीर्ष पाँच विवाहमा लागेको खर्च बराबर अम्बानीले एउटै विवाहमा खर्च गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल