२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहकारीपीडितको राज्यव्यवस्था समितिमा निवेदन- किन ठगीमा संलग्न सबै पक्राउ परेनन् ?

२०८०, ८ चैत्र बिहीबार ०९:४५

चैत ८, काठमाडौँ |  कास्कीको पोखरास्थित  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित निक्षेपकर्ताले आफूहरुको रकम फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई कानुनी कारबाहीको माग गर्दै संसदीय समितिमा निवेदन दिएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सूर्यदर्शन बचत पीडित संघर्ष समितिको तर्फबाट संयोजक किरण श्रेष्ठले दिएको निवेदनमा आफूहरुको निक्षेप फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । 

बिहीबार समिति सभापति रामहरि खतिवडालाई बुझाएको निवेदनमा जिम्मेवार निकाय मौन बसेको र ठगीमा संलग्नहरु सबै पक्राउ नपरेकाले आफूहरुलाई न्याय दिलाउन माग गरिएको छ । 

सूर्यदर्शन संस्थाले १८ हजार सात सय बचतकर्ताको एक अर्ब ४० करोड रुपैयाँ निक्षेप फिर्ता गर्नुपर्ने भए पनि दुई वर्षयता एक रुपैयाँ पनि फिर्ता पाउन नसकेको, न्यायका लागि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि ठगीमा संलग्न सबै पक्राउ नपरेको उल्लेख गरिएको निवेदनमा लेखिएको छ, ‘गितेन्द्रबाबु (जिबी) राई राईलगायत एउटा सानो समूहले हजारौँ पोखरेली जनताको करोडौँ रुपैयाँ हिनामिना गरी सबै बचतकर्तालाई अलपत्र पारेर फरार रहेका छन् । सडकदेखि सदनसम्म ठगीको चर्चा भइरहँदा र डिफ्युजन नोटिस जारी हुँदा पनि सूर्यदर्शन सहकारीका अन्य १४ जना प्रतिवादी पक्राउ पर्न सकेका छैनन्,’ निवेदनमा भनिएको छ, ‘यिनीहरूलाई हाम्रो कुन राज्यव्यवस्थाले संरक्षण दिइरहेको छ ? हामीलाई यसको जवाफ चाहियो साथै, यो प्रकरणमा संलग्न जोकोहीलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई बचतकर्ताको बचत फिर्ता हुने वातावरण मिलाइदिनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह