२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्लभ मानिएको सूर्य ग्रहण आज लाग्दै, नेपालमा देखिन्छ या देखिँदैन?

२०८०, २६ चैत्र सोमबार ०७:४७

चैत २६, काठमाडौं । आज सन् २०२४ को पहिलो सूर्य ग्रहण लाग्ने भएको छ। आजको सूर्य ग्रहण मीन राशी र रेवती नक्षत्रमा लाग्ने छ। चैत्र अमावस्या दिन लाग्ने आजको सूर्य ग्रहण राति निकै महत्त्वपूण मानिएको छ। आज लाग्ने सूर्य ग्रहण यसअघि १९७० मा देखिएको थियो।

आजको सूर्य ग्रहण राति ९ः २७ बजेबाट सुरु हुने र समापन राति २ः ३७ बजे हुनेछ। आजको सूर्य ग्रहण पूर्ण सूर्य ग्रहण हुनेछ र यसलाई निकै लामो मानिएको छ।

आजको सूर्य ग्रहण क्यानडा, उत्तरी अमेरिका, म्याक्सिकोमा देखिने छ। त्यसबाहेक कोस्टारिका क्यूबा, डोमिनिका, फ्रेन्च पोलिनेशिया, जमाइका, आयरल्यान्ड, बेलायतको उत्तर पश्चिम क्षेत्र, पश्चिम युरोप, प्यासेफिक, एटलान्टिक, आर्कटिकमा पनि आजको सूर्य ग्रहण देखिने छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज लाग्ने सूर्य ग्रहण निकै दुर्लभ रहेको बताए। उनले खग्रास सूर्य ग्रहण तीन सयदेखि ४ सय वर्षको अन्तरालमा लाग्ने हुँदा यो निकै दुर्लभ मानिएको बताए।

तर, नेपालमा भने आजको सूर्य ग्रहण नदेखिने पनि उनले बताए। उनका अनुसार नेपाल, भारतसहित एसिया क्षेत्रमा आजको सूर्य ग्रहण देखिने छैन। यो विश्वका केही स्थानमा मात्रै देखिन सक्छ।

उनले नेपालमा आज चन्द्रमाले पृथ्वीलाई छेक्ने प्रक्रिया नहुने भएकाले यहाँ पूर्ण ग्रहण नदेखिने भन्दै यसका लागि शताब्दी नै कुर्नुपर्ने बताए। उनका अनुसार यसअघि सन् २००९ को जुलाई २२ मा देखिएको थियो।

नेपालमा पूर्ण सूर्यग्रहण नदेखिए पछि खण्डग्रास सूर्यग्रहण भने आगामी सन् २०२७ मा देखिने छ।

किन लाग्छ पूर्ण सूर्य ग्रहण?

जब पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आएर सूर्यलाई चन्द्रमाले छेक्छ त्यस समय दुई प्रकारका छायाँ बन्छन्। ती हुन् सघन र बिरल छायाँ। पृथ्वीमा जहाँजहाँ सघन छायाँ पर्छ त्यहाँ खग्रास सूर्यग्रहण लाग्ने हुन्छ भने बिरल छायाँ पर्नेलाई खण्डग्रास सूर्य ग्रहण भनिन्छ।

सामान्य अर्थमा भन्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन्। त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ। जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ। यस घटनालाई सूर्यग्रहण भनिन्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना