१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाममा हाम्रै कार्यकर्ताले एमालेलाई भोट दिए : झलनाथ खनाल

१९ बैशाख २०८१, बुधबार ०८:४६

वैशाख १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले हालै सम्पन्न इलाम–२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा पार्टीका मतदाताले एमाले उम्मेदवारलाई भोट हाल्दा पार्टीका उम्मेदवारको जमानत जफत भएको बताएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले इलाममा पार्टीको शक्ति क्रान्तिकारी ढङ्गले परिचालित गर्न नसक्दा सोचेजति मत नआएको बताए । 

‘इलामममा हाम्रो पार्टीको शक्ति नभएको होइन । तर त्यो शक्ति क्रान्तिकारी ढङ्गले परिचालित नै हुन सकेन’, खनालले भने, ‘आफ्नो शक्ति हुँदाहुँदै पनि अन्ततः साथीहरूले वामपन्थी एकताका नाममा तलैतलैबाट एमाले उम्मेदवारलाई मतदान गरे, यसले गर्दा हाम्रो स्थिति कमजोर देखियो ।’   

एकीकृत समाजवादीले क्रान्तिकारी दिशा, नीति, सिद्धान्त, लक्ष्य, कार्यशैली र कार्यपद्दति लिएर जनतामा क्रान्तिकारी पार्टीको छवि निर्माण गर्दै जान नसक्नु आफूहरूको कमजोरी भएको खनालको ठहर छ ।  ‘हाम्रो पार्टी क्रान्तिकारी दिशा, नीति, सिद्धान्त, लक्ष्य, कार्यशैली र कार्यपद्दति लिएर अघि बढ्नुपर्ने थियो । यो विचार र कार्यक्रम लिएर जनताकाबीचमा क्रान्तिकारी पार्टीको छवि निर्माण गर्दै जान सकिएन’, नेता खनालले भने, ‘तर ती कुराहरू राम्रो ढङ्गले अघि बढाउन नसक्दा पार्टीप्रतिको आकर्षण कमजोर हुँदै गएको पाइयो ।’ 

इलाममा नेता खनाल चुनावी कमान्डरका रूपमा समेत खटिएका थिए । इलाम खनालको गृहजिल्ला समेत हो ।  तर निर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित निर्वाचित हुँदा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले भने ४०८ मत मात्र पाएका थिए ।

यो क्षेत्रमा १ लाख १५ हजार ८८९ जना मतदाता रहेकोमा ६९ हजार ३७४ मत खसेको थियो । जसमा कांग्रेस उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मतसहित दोस्रो, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु ११ हजार ४५७ मतसहित तेस्रो र रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह