२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाममा हाम्रै कार्यकर्ताले एमालेलाई भोट दिए : झलनाथ खनाल

२०८१, १९ बैशाख बुधबार ०८:४६

वैशाख १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले हालै सम्पन्न इलाम–२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा पार्टीका मतदाताले एमाले उम्मेदवारलाई भोट हाल्दा पार्टीका उम्मेदवारको जमानत जफत भएको बताएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले इलाममा पार्टीको शक्ति क्रान्तिकारी ढङ्गले परिचालित गर्न नसक्दा सोचेजति मत नआएको बताए । 

‘इलामममा हाम्रो पार्टीको शक्ति नभएको होइन । तर त्यो शक्ति क्रान्तिकारी ढङ्गले परिचालित नै हुन सकेन’, खनालले भने, ‘आफ्नो शक्ति हुँदाहुँदै पनि अन्ततः साथीहरूले वामपन्थी एकताका नाममा तलैतलैबाट एमाले उम्मेदवारलाई मतदान गरे, यसले गर्दा हाम्रो स्थिति कमजोर देखियो ।’   

एकीकृत समाजवादीले क्रान्तिकारी दिशा, नीति, सिद्धान्त, लक्ष्य, कार्यशैली र कार्यपद्दति लिएर जनतामा क्रान्तिकारी पार्टीको छवि निर्माण गर्दै जान नसक्नु आफूहरूको कमजोरी भएको खनालको ठहर छ ।  ‘हाम्रो पार्टी क्रान्तिकारी दिशा, नीति, सिद्धान्त, लक्ष्य, कार्यशैली र कार्यपद्दति लिएर अघि बढ्नुपर्ने थियो । यो विचार र कार्यक्रम लिएर जनताकाबीचमा क्रान्तिकारी पार्टीको छवि निर्माण गर्दै जान सकिएन’, नेता खनालले भने, ‘तर ती कुराहरू राम्रो ढङ्गले अघि बढाउन नसक्दा पार्टीप्रतिको आकर्षण कमजोर हुँदै गएको पाइयो ।’ 

इलाममा नेता खनाल चुनावी कमान्डरका रूपमा समेत खटिएका थिए । इलाम खनालको गृहजिल्ला समेत हो ।  तर निर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित निर्वाचित हुँदा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले भने ४०८ मत मात्र पाएका थिए ।

यो क्षेत्रमा १ लाख १५ हजार ८८९ जना मतदाता रहेकोमा ६९ हजार ३७४ मत खसेको थियो । जसमा कांग्रेस उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मतसहित दोस्रो, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु ११ हजार ४५७ मतसहित तेस्रो र रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने