चैत ३०, काठमाडौँ । सरकारले संसदको चालू अधिवेशन वैशाख २ गते मध्य रातिदेखि अन्त्य गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन।

उनकाअनुसार मन्त्रीपरिषद्ले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि गरेको छ।

यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरिएको छ।

सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय पनि भएको उनले जानकारी दिइन्।