२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ

२०८१, १२ बैशाख बुधबार ०७:२१

बैशाख १२, काठमाडौँ । भारतीय कम्पनि एमडीएच र एभरेष्टका मसलामा सिंगापुर र हङकङले प्रतिबन्ध लगाएपछि भारतले त्यसको जवाफ मागेको छ । मिडिया रिपोर्टका अनुसार भारतको वाणिज्य मन्त्रालयले सिंगापुर र हङकङको खाद्य नियामकहरूसँग विवरण मागेको हो ।

मन्त्रालयले सिङ्गापुर र हङकङमा रहेका भारतीय दूतावासलाई पनि यस विषयमा विस्तृत प्रतिवेदन पठाउन निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मन्त्रालयले एमडीएच र एभरेष्टसँग पनि विवरण मागेको छ ।


वाणिज्य मन्त्रालयले भनेको छ- 'दुवै कम्पनीका उत्पादन अस्वीकृत हुनुको कारण पत्ता लगाइने छ र त्यसलाई सच्याउन के गर्नुपर्दा निर्यातकर्ताको चासो र चासोका विषयमा पनि विचार गरिनेछ ।'

यस अघि सिंगापुर र हङकङले दुवै मसलामा क्यान्सर रोगको तत्व भेटिएको भन्दै प्रतिबन्ध लगाएका थिए ।

हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टका केही प्याकेज गरिएका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गरेको छ र त्यसको प्रयोग नगर्न सल्लाह दिएको छ । यससँगै यसको खरिद–बिक्री बन्द गर्न पनि भनिएको छ । त्यस्तै सिंगापुरमा पनि एभरेष्टको फिश करी मसाला बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ ।

सिंगापुरले एभरेष्टको फिश करी मसालामा इथिलीन अक्साइड भेटिएपछि देशको खाद्य निकायलाई बजारबाट फिर्ता लिन आदेश दिएको छ । देशमा यो मसलाको आयातकर्ता मुथैया एन्ड सन्स प्राइभेट लिमिटेडलाई यो उत्पादन बजारबाट फिर्ता लिन भनिएको छ । सिंगापुरको फुड एजेन्सीले उपभोक्ताहरूलाई एभरेष्टको माछा करी मसला प्रयोग नगर्न सल्लाह दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने