२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा

२०८१, १८ बैशाख मंगलवार ०८:०८

बैशाख १८, काठमाडौँ । म्यूजिक भिडियोमा चर्चित मोडल सनिशा भट्टराई फिल्ममा डेभ्यु गर्ने भएकी छन् । सनिशाले अभिनेता विराज भट्टको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गर्न लागेकी हुन् ।

विराजले सोमबार फेसबुकमार्फत फिल्ममा उनको अभिनय रहने पृष्टि गरेका हुन् । फिल्ममा उनको प्रमुख भूमिका रहने विराजले जनाएका छन् ।


विराजले लेखेका छन्- 'धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कला की धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । वहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।'

सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ लगायत कैयौं म्युजिक भिडियोमा काम गरिसकेकी छन् । 

यसै वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा छन् भने उनका छोरा समीर भट्टको पनि अभिनय रहनेछ । यो फिल्मबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल (२०२२) न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । भिलेनको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ । फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहेको छ ।

एक्सन प्रधान रहने फिल्मका लागि उनले साउथ फिल्मका द्वन्द्व निर्देशक स्टन्ट सिल्भा फिल्ममा द्वन्द्व निर्देशनसँगै मुख्य खलपात्रको भूमिका पनि रहने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने