२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालले भोलिसम्म विश्वकपका लागि राष्ट्रिय टोली घोषणा गर्नुपर्ने

२०८१, १८ बैशाख मंगलवार ०८:०४

बैशाख १८,  काठमाडौँ । आसन्न आईसीसी टी-२० विश्वकपका लागि नेपालले बुधवारसम्म राष्ट्रिय टोलीको घोषणा गर्नुपर्ने छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अमेरिका र वेस्ट इन्डिजमा हुने प्रतियोगितामा सहभागी हुने २० वटै टोलीलाई बुधवारसम्म अन्तिम टोली घोषणा गर्नुपर्ने समय सीमा तोकेको छ। नेपाल क्रिकेट संघ(क्यान)ले विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्ने छ।


जुन १ देखि प्रतियोगिता सुरु हुँदै छ। नेपालले अहिले घरेलु मैदानमा वेस्ट इन्डिज एसँग ५ खेलको टी-२० शृङ्खला खेल्दै छ। यो शृङ्खलाका लागि प्रारम्भिकरुपमा १६ सदस्यीय टोली घोषणा गरिएकामा पछि ४ खेलाडी थपिएको थियो।

वेस्ट इन्डिज ए शृङ्खलाका लागि रोहित पौडेल, अनिल शाह, लोकेश बम, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द, अविनाश बोहरा, कमलसिंह ऐरी, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी, विनोद भण्डारी, करण केसी र सन्दीप जोरा नेपाली टोलीमा छन्।

यीमध्ये रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी,सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, अविनाश बोहरा टोलीमा पर्ने सम्भावना बलियो छ। अनिल शाह, विवेक यादव, आरिफ शेख, सागर ढकाल र प्रतिश जिसी पनि प्रत्याशी हुन्।

यीमध्ये हालै ओमानमा भएको एसीसी प्रिमियर कपमा सहभागी १४ सदस्यीय नेपाली टोलीमा सागर र आरिफ थिएनन्। नेपालले विश्वकपका लागि यसअघि नै सम्भावित टोलीको नाम भने पठाई सकेको छ। अब यीमध्येबाट १५ सदस्यीय टोली घोषणा हुने छ। नेपाल १० वर्षपछि विश्वकपमा सहभागी हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने