2026-07-10 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा कठ्यांग्रिएर एकको मृत्यु

राम नारायण पंडित । पुस १, सिराहा । केही दिनयता मध्य तराईमा बढेको चिसोका कारण सिरहामा कठ्यांग्रिएर एक मगन्तेको मृत्यु भएको छ । 

अत्याधिक चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको अवस्थामा विहिबार जिल्लाको राजपुर १ कमलानदी किनारमा अन्दाजी ६० वर्षीय एक पुरुषको शव फेला परेको हो । सामान्य कपडा मात्र लगाएकोले बृद्धको कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले बताए । मृतक बृद्ध मागेर खोने जस्तो देखिएकोले निजको कपडाको अभाबमा जाडोले मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरी बताए । शव पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहामा राखिएको प्रहरीले बताएको छ । 

निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने मजदुरहरु बढी प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबालीमा समेत असर परेको छ । चिसोकै कारण विद्यालयमा पठनपाठन समेत प्रभावित भएको छ भने मध्यतराईका कतिपय जिल्लामा विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो