<p><b>असार ७, काठमाडौं । </b>नवलपरासी पूर्वको बुलिङटारमा ट्याक्टरबाट खसेर एक किशोरीको मृत्यु भएको छ । शुक्रबार बिहान बुलिङटार गाउँपालिका -५, सान्डाँडाबाट खहरेतर्फ जाँदै गरेको लु ५ त ६५९ नम्बरको ट्याक्टरबाट खस्दा १८ वर्षीया बिरमाया सारुको मृत्यु भएको हो । </p><p>जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार ट्याक्टरमा बसिरहेकी सारु खसेको र सोही ट्याक्टरको पछाडिको चक्काले किच्दा मृत्यु भएको हो ।</p><p>ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।</p>
