2026-06-20 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एण्डरसनको बिदाई खेलमा ईङल्याण्ड विजयी

असार २८, काठमाडौँ । ईङल्याण्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा विजयी शुरुवात गरेको छ । वेस्ट इन्डिज विरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा ईङल्याण्डले एक इनिंग र ११४ रनले जित हासिल गरेको छ ।

यस टेस्टमा वेस्ट इन्डिजले पहिला ब्याटिंग गर्दै १२१ रन बनाएको थियो भने ईङल्याण्डले आफ्नो पहिलो इनिंगमा ३७१ रन बनाएको थियो । टेस्टको तेस्रो दिन आज वेस्ट इन्डिज आफ्नो दोस्रो इनिंगमा १३६ रन मात्र बनाएर अल आउट भएपछि ईङल्याण्ड एक इनिंग र ११४ रनले विजयी भएको हो ।


यो खेलमा खेलेसँगै ईङल्याण्डका तिब्र गतिका बलर जेम्स एन्डरसनले क्रिकेटलाई अल बिदा गरेका छन् ।

४१ बर्षिय एण्डरसनले यस टेस्टको पहिलो इनिंगमा एक र दोस्रो इनिंगमा ३ विकेट लिएका थिए । उनले ईङल्याण्डक लागि कुल १८७ टेस्ट खेल्दै ७०४ विकेट लिएका छन् । उनी टेस्ट क्रिकेटको इतिहासमा सर्बाधिक विकेट लिने तिब्र गतिका बलर हुन् ।

यस टेस्टमा डेभ्यु गरेका ईङल्याण्डका बलर गस एटकिन्सनले पहिलो इनिंगमा ७ र दोस्रो इनिंगमा ५ गरि कुल १२ विकेट र खेलको प्लेयर अफ द म्याच बनेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ