२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सकियो सुआहारा कार्यक्रम

२०७२, २ चैत्र मंगलवार ०८:३०

चैत २, पर्वत / हजार दिनका सुनौला आमा र दुई बर्ष मुनीका बालकालिकाको स्वास्थ्य सुरक्षा एवं शिशुहरुको लागि आवश्यक पर्ने पौष्टीक खाद्यन्न तथा आवश्यक पर्ने विभिन्न प्रकारका खोप तथा स्वास्थ्य सेवा सुविधाको बारेमा जानकारी दिदै आएको सुआहारा यसबर्षबाट जिल्लाबाट बाहिरीएको छ । पाँच बर्षदेखि जिल्लाका १२ गाविसलाई आफ्नो कार्यक्षेत्र बनाएर सेवा दिदै आएको सुआहाराले यसबर्षबाट जिल्लामा आफ्नो कार्यक्रम संचालन गर्ने छैन । सुआहारा कार्यक्रमले जिल्लामा केके कार्य गर्यो र यसको प्रभाव के रह्यो भन्ने बारेमा सोमबार कुश्मामा अनुभव आदान प्रदान गरेको छ ।

सुआहारा कार्यक्रमबाट आफ्नो जिवनमा परिर्वतन आएको कटुवाचौपारी ३ की जमुना सुवेदीको बुझाई छ । शिशु जन्मेपछि त्यसलाई कसरी स्तानपान गराउने भन्नेबारेमा शुरुमा ज्ञान नभएतापनि सुआहारा कार्यक्रमबाट आफुले  ज्ञान हासिल गरेको र शिशुलाई आवश्यक पर्ने पौष्टिक आहारा तथा सुरक्षाको बारेमा समेत ज्ञान हासिल गरेको बताई । त्यसैगरी त्रिवेणी ९ का दिपक राना आफु रोजगारको शिलशिलामा विदेश रहेको र घरमा आफ्नो श्रीमती सुआहारा कार्यक्रमको लागेका कारण अहिले स्वदेशमानै आएर कृषिमा लगानी गरी बसेको बताए । उक्त कार्यक्रमबाट आफुलाई निकै टेवा पुगेको उनको धारणा छ ।

शिशुको स्याहार देखि लिएर उसको खानपानमा समेत ध्यान कसरी दिने र गाउँघरमानै पाइने बस्तुको कसरी उपभोग गरी शिशुको लागि पौष्टिक आहारा बनाउने भन्नेबारेमा सुआहारा कार्यक्रमबाट आफुले ज्ञान हासिल गरेको बाच्छा ८ की पार्वती गुरुङ बताउँछिन् । सुआहारा कार्यक्रमबाट हजार दिनका सुर्नाैला आमार २ बर्षभन्दा मुनिका बालबालिकाको लागि महत्वपूर्ण कार्यक्रम रहेको उनको धारणा छ । सुआहारा कार्यक्रमबाट जिल्लामा हजार दिनका सुनौला आमाहरुमा धेरै परिर्वतन आएको अनुभव आफुले संगालेको सुआहारा कार्यक्रमकी पर्वत संयोजक विमला पौडेलको धारणा छ ।

कुषोषणबाट बालबालिकालाई बचाउनको लागि तथा हजार दिनका सुनौला आमाहरुको लागि लक्षित गरी आयोजना हुने कार्यक्रमबाट जिल्लामा निकै ठूलो परिर्वतन आएको उनको धारणा छ ।हाल जिल्लामा रानीपानी, पाङराङ, बाजुङ, कटुवाचौपारी, बाच्छा, त्रिवेणी, बर्राचौर लगाएतका १२ गाविकास गरेको गतिविधिका कारण उक्त क्षेत्रमा शिशुको जन्मान्तर, पोषण समबन्धी ज्ञान, स्वास्थ्य उपचार तथा गर्वअबस्थामा गर्नुपर्ने तथा अपनाउनुपर्ने सजगता, खानपानमा ध्यान, लगाएतका बारेका जानकारी हासिल गरेका कारण कुपोषणको दर कम भएको, जन्मान्तरमा बृद्धि, आफै पौष्टिक आहारा बनाउने सिप लगाएतका बारेमा महिलाहरु सक्षम भएको पौडेलले बताइन् ।

जसबाट ७३ लाख ११ हजार ४ सय ९३को कुल बजेट मध्ये ५३ लाख ७ सय ४०को कार्य भएको र जसबाट ६ हजार ८ सय ४४ जना लाभान्वीत भएको जनाएको छ । जसमा १ हजार २३ पुरुष र ५ हजार ८ सय २१ महिला रहेको बताइएको छ । सुआहारा कार्यक्रम ४८ जिल्लामा संचालन भैरहेको छ । कार्यक्रमको समापन तथा उपलब्धी आदानप्रदान कार्यक्रममा जिल्लामा रहेका साझेदार सरकारी निकायको सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै ढकालले सुआहारा कार्यक्रम हजार दिनका सुनौला आमा र बालबालिकालाई लक्षित गरिएको हुदाँ यसबाट शिशुको सुरक्षा र उसको स्वास्थ्यमा प्रभावकारी भएको र जिल्लामा सुआहाराले गरेको कार्य प्रशंसा योग्य रहेको बताए । जिल्ला पोषण तथा निर्देशन तथा स्थानीय विकास अधिकारी युवराज पौडेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु