ललित बोहरा,२४ मंसिर डडेल्धुरा ।   राज्य संरचनामा स्थानिय शिक्षा कस्तो हुने भन्ने बिषयमा छलफल गर्न डडेल्धुरामा बिहीबारबाट सुरु भएको सम्मेलन शुक्रबार १५ बुद्धे घोषण पत्र जारी गर्दै सम्पन्न भएको छ । सङ्घीय राज्य संरचनामा शिक्षा नीति, संरचना र कार्यक्रम बिषयक द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा,२४ मंसिर डडेल्धुरा ।   राज्य संरचनामा स्थानिय शिक्षा कस्तो हुने भन्ने बिषयमा छलफल गर्न डडेल्धुरामा बिहीबारबाट सुरु भएको सम्मेलन शुक्रबार १५ बुद्धे घोषण पत्र जारी गर्दै सम्पन्न भएको छ । सङ्घीय राज्य संरचनामा शिक्षा नीति, संरचना र कार्यक्रम बिषयक द"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

१५ बुद्धे डडेल्धुरा घोषण पत्र जारी गर्दै डडेल्धुरामा शिक्षा सम्मेलन सम्पन्न

२०७३, २४ मंसिर शुक्रबार १६:०४

ललित बोहरा,२४ मंसिर डडेल्धुरा ।   राज्य संरचनामा स्थानिय शिक्षा कस्तो हुने भन्ने बिषयमा छलफल गर्न डडेल्धुरामा बिहीबारबाट सुरु भएको सम्मेलन शुक्रबार १५ बुद्धे घोषण पत्र जारी गर्दै सम्पन्न भएको छ । सङ्घीय राज्य संरचनामा शिक्षा नीति, संरचना र कार्यक्रम बिषयक दुई दिने जिल्ला स्तरिय शिक्षा सम्मेलन जिल्ला सदरमुकाममा जिल्ला शिक्षा कार्यालय र लू–निभा बाल सरोकार समुहको आयोजनामा सम्पन्न भएको हो । शिक्षाको गुणस्तर अभिबृद्धिका लागि शिक्षक छनौट प्रक्रिया स्वतःनिष्पक्ष ढंगले गरी पेसा प्रति प्रतिबद्घ, अनुशासित इमान्दारीता प्रति प्रतिबद्ध रहदै कक्षा अवलोकन, निरीक्षण अनुगमन प्रभावकारी बनाउने, पूर्वाधार विकासलाई जोड दिदै शैक्षिक कार्यतालिकालाई विद्यालयले अवलम्बन गर्ने शिक्षण क्रियाकलापमा संलग्नलाई पुरस्कार दण्डको नीतिलाई प्रभावकारी बनाउँदै दैनिक शिक्षाको पाठ्यक्रममा समेत समावेश गरी सरोकारवालाको संग्लग्नतामा अभिबृद्घि गरी गुणस्तरलाई वढाउन शिक्षक शिक्षासंग आबद्ध कर्मचारी एवंम् सरोकारवाला पक्षको छोराछोरीलाई सरकारी विद्यालयमा अध्यापन गराउन अनिवार्य गर्न प्रोत्साहित गर्दै सरकारी र निजीविद्यालयको पाठ्यक्रममा एकरुपताल्याउने ।लगायतका महत्वपुर्ण बुद्धाहरु सम्मेलनले सर्बसम्मत रुपमा पारीत गरेको जिल्ला शिक्षा अधिकारी बशन्त कुमार खत्रीले बताए ।  

सम्मेलनको समापनमा बोल्दै क्षेत्रीय शिक्षा निर्देशक लालजङ्ग चौहानले सङ्घीय राज्य संरचनामा यस क्षेत्रको शिक्षा नीति कस्तो हुने भन्ने बारेमा सबै क्षेत्रका सुझाव संकलन भएको र आफु कार्यान्वयमा प्रतिबद्ध रहेको बताएका थिए । सुदूरपश्चिममा बिहीबार पाँचौ जिल्लाको रुपमा डडेल्धुरामा शिक्षा सम्मेलन सम्पन्न भएको जानकारी दिँदै निर्देशक चौहानले सम्मेलनबाट प्राप्त सुझावहरु नीति निर्माण तहमा पु¥याईने भएकाले सम्मेलने जिल्लाको शैक्षीक गुणस्तर सुधार आउने विश्वार ब्यक्त गरे । सम्मेलनको आयोजकको भूमिकामा रहेको लूःनिभा बालसरोकार समूहका निर्देशक नरेन्द्र डङ्गोलले शिक्षक तथा सहभागीहरुलाई आफनो क्षेत्रमा कार्यान्वय गर्न आग्रह गरेका थिए । समापनमा लूःनिभाका निर्देशक डङ्गोलले राज्य नै पुनरसंरचनामा जान लागेको अवस्थामा शिक्षा नीतिको संरचनामा पनि परिवर्तन हुनु आवश्यक रहेको बताउँदै जिल्ला सम्मेलनले त्यसमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्र गरे । यस्तै कार्यक्रममा सरकारी शिक्षकहरुका छोरा छोरीलाई निजी बिद्यायलमा पढाउन नपाउने कानुन बने मात्र शिक्षाको गुणस्तरमा सुधार आउनेमा जोड दिएका थिए । सम्मेलन जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, लूःनिभा बालसरोकार समूह, रेष्टलेस डेभलोप्मेन्ट, ईन्टरपेडिया फिनल्याण्ड, युनाईटेड नेसन ट्रष्ट फण्ड र शिक्षा अधिकार समूह डडेल्धुराको आयोजनामा सुरु भएको हो । कार्यक्रममा शिक्षा क्षेत्रमा कार्यत्ररत सबै सरकारी तथा गैरसरकारी संघ सस्था तथा समुहहरुको उपस्तीथी रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ