साउन १३, सुर्खेत । वीरेन्द्रनगरमा घर भत्किँएर च्यापिँदा एक किशोरी घाइते भएकी छन् ।

आइतबार बिहान वीरेन्द्रनगर नगरपालिका१३ करेखोलामा खम्म बुढाको घर वर्षातको कारण भत्किँदा १५ वर्षीया शुशिला बुढा घाइते भएकी हुन् ।

उनी घरले च्यापिएर घाइते भएकी थिइन् । घरले च्यापिएर घाइते भएकी किशोरीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घाइते बुढाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।