By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    19 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    23 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बागलुङमा अपाङ्गता बालवालिकालाई पढ्ने अवसर
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > बागलुङमा अपाङ्गता बालवालिकालाई पढ्ने अवसर
बाग्लुङ्ग - BGLसमाज

बागलुङमा अपाङ्गता बालवालिकालाई पढ्ने अवसर

साझासवाल
Last updated: November 23, 2016 11:38 am
साझासवाल
5 Min Read
Share


कृष्ण कँडेल/मङ्सिर ८, बागलुङ । पश्चिम बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा अपाङ्गता विशेष कक्षा सञ्चालन भएपछि अपाङ्गता भएका वालवालिकाले आवासिय बसाई सँगै पढाई लेखाईको अवसर पाएका छन् । 

गत बर्ष मंसिर १८ गते अन्तराष्ट्रिय अपाङ्गता विवश देखि सुरु भएको कक्षामा अहिले यस क्षेत्रका १९ जना बालवालिकाले पढ्दै आएका छन् । जिल्ला शिक्षा कार्यालय बागलुङले उत्तरगंगा मावि बुर्तिबाङको माताहत रहने गरि विद्यालयकै हातामा कक्षा सञ्चालनको अनुमती दिएको छ । 

भवन, फर्निचर र शैक्षिक सामग्रीको व्यवस्थान भएपछि एक बर्ष अघि बौद्धिक अपाङ्गता विशेष कक्षा सुरु गरिएको थियो । यहाँ अहिले बौद्धिक, शारिरीक तथा बहुअपाङ्गता भएका बालबालिका पनि रहेका छन् । 

प्लान ईन्टरनेशनल नेपालको १३ लाख ५३ हजार १३९ आर्थिक सहयोग र उत्तरगंगाा माविको ५ लाख ४१ हजार  ३५४ रुपैयाँ लागतमा विशेष कक्षाका लागि भवन निर्माण भएको छ । प्लानले फर्निचरका लागि २ लाख २ हजार ४९६ रुपैयाँ र शैक्षिक सामग्री खरिद र निर्माणको लागि ६७ हजार ६८६ रुपौयाँ प्रदान गरेको थियो । 

आफ्नो शारिरीक अपाङ्गता भएका १२ बर्षिय छोरालाई विशेष कक्षामा राखेकी ग्वालीचौरकी सरिता घिमिरेले अपाङ्ता कक्षा सुरु भएपछि छोराको पठन पाठन र रेखदेख हुँदै आएको भन्दै खुसि व्यक्त गरिन् । 

‘बच्चाको नियमित हेरचाहका लागि एक जनाले छोड्न मिल्थेन’, घरमा एक्लै हुदाँ त उसलाई हेर्नेकी अरु काम गर्ने झनै समस्या हुन्थ्यो ।’ घिमिरेले भनिन्, बेला–बेलामा भेट्न जान्छु, अहिले त धेरै सजिलो भएको छ ।’ उनले विशेष कक्षा व्यवस्थापनका लागि आर्थिक अभाव रहेकाले निरन्तर कक्षा सञ्चालन हुन्नकी भन्ने चिन्ताले आफुलाई सताउने गरेको बताईन् ।  

त्यहाँ १६ बर्ष मुनिका बौद्धिक, सारिरीक तथा बहुअपाङ्गता भएका वालवालिकाले पढ्दै आएका छन् । उनिहरुलाई आनिवानी तथा व्यवहारमा सुधार, साथीविच रमाएर खेल्ने वातावरण सहित अक्षर चिनाउने गरिएको शिक्षक कल्पना भट्टराईले बताईन् । 

‘हामीले पारिवारिक अनुभुती दिलाउँदै खेल खेलाएर नानीहरुको व्यवहारमा सुधार गर्ने प्रयास गर्छौं ।’ भट्टराईले भनिन्, ‘गित गाएर पनि रमाईलो गराउँछौँ ।’ 

उनले बच्चाहरुलाई अवसर पाए हामीले पनि गर्नसक्छौँ, भन्ने आत्मविश्वास बढाउन प्रेरित गरिने बताईन् । ‘हामी कमजोर छौँ भनेर नानीहरुले हिनतावोध गर्छन् ।’ उनले थपिन्, ‘यो सोचलाई हटाएर बालवालिकामा अवसर पाए हामीले पनि गर्नसक्छौँ भन्ने विश्वास बढाउने हाम्रो प्रयास हुन्छ ।’      

समुदायकै सक्रियतामा सुरु गरिएको विशेष कक्षा शिक्षणका लागि अहिले एक शिक्षिका, एक भान्छे र एक जना बच्चाहरुलाई रेखदेखि गर्ने कर्मचारी रहेका छन् 

यसअघि कुनै प्रकारको सरकारी र अन्य अनुदान नभएका कारण तिनै जनाले स्वयंसेवि रुपमा काम गर्दै आएका थिए । गत आर्थिक बर्षदेखि जिल्ला शिक्षा कार्यालयबाट पनि अनुदान आउन थालेकाले अव सरोकारवालासँग छलफल गरेर उनिहरुलाई पनि तलब भत्ताको व्यवस्था गरिने उत्तरगंगा माविका प्रधानाध्यपक धनबहादुर कुँवरले जानकारी दिए । जिशिकाबाट गत बर्ष १ लाख २५ हजार रुपैयाँ प्राप्त भएको प्रअ कुँवरले बताए । 

‘अनुदान नहुँदा सहयोगदाताबाटै रकम जुटाएर खर्च व्यवस्थान गथ्र्यौं ।’ विशेष कक्षाका पहलकर्ता तथा जिल्ला अपाङ्गता सरोकार संघ बागलुङका अध्यक्ष चुडाबहादुर कुँवरले भने, ‘पैसा नहुँदा उधारोमा हामी आफै नै जिम्मेवार भएर चामल, दाल तरकारी किनेरै यिनलाई खुवाएका छौँ ।’ उनले चरम आर्थिक अभावमा पनि शिक्षक कर्मचारीले स्वयंसेवा गरेर ठुुलो योगदान गरेको बताए । 

भवन निर्माण समितिको अध्यक्ष समेत रहेका उनले बालबालिकाको बसाई व्यवस्थान, पठन पाठन, शिक्षक कर्मचारीको तलब भत्ता र आवासिय बसाई व्यवस्थापन गर्नै पर्ने अवस्था रहेकाले अझै रकम अभाव रहेको बताए । 

ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीको अगुवाइमा गत कात्तिकमा स्थानिय दाताबाट २३ हजार ५०० रुपैयाँ जुटाएर भवनको झ्यालमा ग्रील राखिएको थियो । अन्य खर्च समेत दाताकै भरमा चलाउने गरिएको छ । 

उत्तरगंगा माविको विद्यालय व्यवस्थान समिति र प्रधानाध्यापकले नै सवै कुरा हेर्नुपर्ने समग्र व्यवस्थान प्रभावकारी हुन नसकेको अघिकारकर्मीले बताएका छन् । उनिहरुले उत्तरगंगा माविमा विद्यालय व्यवस्थान समिति सक्रिय नरहेको र प्रधानाध्यापकको व्यस्तताले बिशेष कक्षा व्यवस्थापन चुस्त हुन नसकेको बताउँदै आएका छन् ।े ‘बिषेश कक्षाको लागि मात्र हेर्ने गरि छुट्टै व्यवस्थान समिति गठन गरेर व्यवस्थानलाई चुस्त बनाउने सोच बनाएका छौँ ।’ अपाङ्गता सरोकार मञ्च बुर्तिबाङका अध्यक्ष चुडामणी भुषालले भने, ‘यसका लागि मातृ विद्यालय र जिल्ला शिक्षा कार्यालयसँग पनि छलफल गर्दैछौँ ।’ उनले आफ्नै व्यवस्थान समिति भए व्यवस्थापन चुस्त हुने बताए । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पूर्व उपप्रधानमन्त्री केसी गुडिरहेको माइक्रोबाट खसे, केएमसीमा उपचार हुँदै
Next Article विद्युत प्राधिकरणका कर्मचारी १२ गतेबाट आन्दोलनमा उत्रने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

म्याग्दी - MGDसमाज

बेनी–जोमसोम सडक अवरुद्ध

57 years ago
नवलपुर - NWLसमाज

नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

57 years ago
काठमाडौँ - KTMसमाज

यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

57 years ago
समाज

काठमाडौँका यी क्षेत्रमा दुई दिन विद्युत अवरुद्ध हुने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?