Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २६ गते, बिहान ४:४० बजे
डोटी - DT

छाउपडि कुप्रथा उन्मुलन सम्बन्धी ५ बर्षे रणनितिक योजना पत्र बिमोचन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २६, डोटी । डोटी जिल्लाका लागी तयार पारीएको छाउपडि कुप्रथा उन्मुलन सम्बन्धी ५ बर्षे रणनितिक योजना पत्र शुक्रबार बिमोचन गरीएको छ ।

लैगिक मुल प्रवाहिकरण समितीको आज सिलगढीमा बसेको बैठकमा रणनिति योजना पत्रको बिमोचन समितिका अध्यक्ष तथा स्थानिय बिकास अधिकारी बासुदेब रेग्मीले गर्नु भएको हो ।

साथै बैठकमा महिला तथा बालबालिका कार्यालय डोटीद्धारा सन् २००९ देखि सञ्चालित छाउपडि निवारण परीयोजना सन् २०१५ डिसेम्बर ३१मा सकिन थालेको समेत जानकारी गराईएको छ ।

त्यसैगरी सिडिसिद्धारा जिल्लाका साथ वटा गाबिसमा सञ्चालित गुणस्तरीय सिकाई बातावरण कियुएई कार्यक्रमको बनलेक र मुडेगाउमा पुस २ गते अनुगमन गरीने समेत निर्णय बैठकले गरेको छ ।