Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ पुष ०३ गते, दिउँसो १:३९ बजे
अछाम - ACM

विरपथको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल/पुस ३, अछाम । नेकपा एमाले गाउ कमिटी विरपथको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

गाउ कमिटी अध्यक्ष राम बहादुर शाहीको अध्यक्षता बसेको बैठकले वडा कमिटी गठन गर्ने, मासिक बैठकलाई निरन्तरता दिने, सँगठित सदस्यता वितरण तथा नविकरण गर्ने लगाएतका निर्णय गरेको छ ।

साथै केन्द्रिय उपाध्यक्ष भिम रावल उप प्रधान तथा रक्षा मन्त्रि हुनु भएकोमा सफलताको कामना सहित शुभकामना ब्यक्त गरिएको छ । बैठकमा क्षेत्रिय कमिटी सदस्य अम्बीका शाही, बर्दिया क्षेत्र नम्बर ४ का क्षेत्रिय सदस्य ललित बहादुर शाही, पुर्व क्षेत्रिय कमिटी सदस्य कर्ण बहादुर शाही, पुर्व ईलाका कमिटी सदस्य शेर बहादुर शाही, शीतल शाही, रतन शाही, शिक्षक सँगठनका तपेन्द्र शाही लगाएतको सहभागिता रहेको थियो ।

बैठकको सञ्चालन गाउ कमिटी सचिव जनक प्रसाद भण्डारीले गर्नु भएको हो ।