By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    17 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    20 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बर्दियालाई आर्थिक रुपमा समृद्ध जिल्ला बनाउँछौंः सिटौला
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > बर्दिया - BRD > बर्दियालाई आर्थिक रुपमा समृद्ध जिल्ला बनाउँछौंः सिटौला
बर्दिया - BRDसमाज

बर्दियालाई आर्थिक रुपमा समृद्ध जिल्ला बनाउँछौंः सिटौला

साझासवाल
Last updated: April 1, 2016 1:33 pm
साझासवाल
8 Min Read
Share

चैत १९, बर्दिया । 

प्रवन्ध निर्देशक रामकाजी सिटौला
सिजि फुड्स इन्टरप्राइजेज, बर्दिया

चालू तेह«ौं योजनामा मुलुकको औसत आर्थिक वृद्धि दर ६ प्रतिशत पु¥याई, रोजगारी २.९ बाट ३.२ मा पु¥याउने लक्ष्य भएपनि वर्तमान अस्थिर अवस्था र स्वदेशी तथा विदेशी कम्पनीहरुका लागि लगानीमैत्री वातावरण बन्न नसकिरहेको अवस्था एकातिर छदैछ भने अर्कोतिर दुई छिमेकी मुलुकहरुसँगको सम्बन्धमा आर्थिक तथा आयात निर्यातका विषयमा बेलाबेलामा हुने असमझदारी तथा अस्पष्ट नीतिका कारण आर्थिक रुपमा समृद्ध बन्नुको साटो झनै असहज स्थिति पैदा भएको छ । यसै सन्दर्भमा मुलुकको मध्यपश्चिम क्षेत्र अन्तर्गत रहेको बर्दिया जिल्लामा भखरै मात्र देशको प्रमुख औधोगिक घरना चौधरी ग्रुपको लगानीमा सिजि फुड्स इन्टरप्राइजेजको स्थापना गरी सिजि ब्राण्डका चाउचाउ, भुजियाहरुको उत्पादन शुरु गरिएको छ । यसको उत्पादन प्रक्रिया तथा भविष्यको लक्ष्य र यसको दिगो व्यवस्थापनमा आउन सक्ने चुनौतीहरुका सन्दर्भमा साझा सवाल अनलाइन, बर्दिया जिल्ला सम्पादक प्रभात सुवेदीले महाप्रवन्धक रामकाजी महर्जनसँग गर्नुभएको कुराकानी
Ramkaji -cg group

बर्दिया जिल्लामा नै उद्योगको स्थापना गर्ने सोच यहाँहरुमा कसरी आयो ?

हेर्नुस, बर्दिया जिल्ला औधोगिक रुपमा पछाडि परेको जिल्ला हो । मध्य र सुदुरमा ठुला उद्योग सञ्चालन नभएको अवस्थामा आजभन्दा चार वर्ष अगाडि बाँसगढी नगरपालिका –४, पुष्पनगरमा (तत्कालीन बेलुवा गाविसमा) यहाँको परिवेश र आवश्यकतालाई मध्यनजर गरेर उद्योग स्थापना गर्ने सोच बनाएका हौं । छिमेकी जिल्ला बाँकेमा त औधोगिक क्षेत्र छ तर बर्दिया जिल्लामा हालसम्म कुनै पनि ठूला उद्योगहरु सञ्चालन नभएको अवस्थामा बर्दिया जिल्लामा यस प्रकारको उद्योगको आवश्यकतालाई मध्यनजर गर्दै म आफै नै जग्गा किन्न आएको थिएँ । बडो मुश्किलले यो जग्गा प्राप्त ग¥यौं । तत्कालीन समयमा स्थानीहरुले उद्योगका लागि जग्गा खरीद गर्दैछौं भन्दा कसैले पनि विश्वास गरेन । बरु यसको साटो हामीलाई त प्लटिङ गरेर घडेरी बेच्न आएका हुन् सम्म पनि भनियो । निकै भाँड्ने प्रयासहरु भए । हामीले जग्गाको खरिदका लागि कुरा मिलाउँछौ तर रातारात सबै ठाउँमा दलाल हुन् यिनीहरु जग्गाका कारोवारी हुन् । उद्योग स्थापना गर्ने त भ्रम मात्र हो जग्गा नदिनुस भन्दै हामीले तिरेको भन्दा १०÷२० हजार बढी दिन्छौं भनेर भाँड्ने प्रयास पनि भयो । तर, मुश्किलले साडे ४ विगाहा किनेर जब कन्सट्रक्सन शुरु ग¥यौं तब छिमेकीहरु उत्साहित भएर साँच्चिकै कम्पनी नै स्थापना गर्ने हो भने त हामीले पनि जग्गा दिन्छौं भन्दै सबैको सहयोग प्राप्त भयो । अहिले उद्योगका नाममा १२ विगाहा जग्गा रेहको अवस्था छ ।

अनि उत्पादनको अवस्था के कस्तो छ त ?
भूकम्प र देशको विषम परिस्थितिका कारण ४ महिना ढिलो हामीले फ्याक्ट्रि सञ्चालन गर्न सफल भयौं । परीक्षण उत्पादन गरेर माघ २६ गतेदेखि नै व्यवसायिक उत्पादन शुरु ग¥यौं । अहिले यहाँबाट उत्पादन गरिएको वाइवाइ चाउचाउ मध्य तथा सुदुर पश्चिमका बजारमा पठाउने क्रम भैसकेको छ ।

अहिले दैनिक उत्पादन कति छ ?

हामीले उद्योग त स्थापना ग¥यौं तर अहिले विजुली नभएका कारणले गर्दा मात्र १२ घण्टा सञ्चालन गरेका छौं । यति ठूलो उद्योग स्थापना गरिएको अवस्थामा अझै पनि विद्युत प्राविधिकरणले विजुली दिएको छैन । भन्न पनि लाजको मर्नु भएको छ । देशको उद्योगपतिले उद्योग सञ्चालन गर्न खोज्दा यस्तो दुःखलाग्दो अवस्था छ । त्यसैले हामीले सोचेजस्तो उत्पादन गर्न सकिरहेका छैनौं । दैनिक मात्र पाँच, छ हजार कार्टुन उत्पादन छ ।

अनि विद्युत जडानका लागि पहल भएको छैन त ?

पहल नभएको भने हैन । विगत ६ महिना देखि प्रयास भइरहेको छ यसका लागि प्राविधिकरणसँग उपकरण नभएको भन्दै अहिलेसम्म हामीले जेनेरेटरबाट नै यो उद्योग चलाइरहेका छौं । लक्ष्य २४ घण्टाको हो । अव एक हप्ता पछि हुन्छ कि भन्ने अपेक्षा छ ।
अनि भविष्यमा उत्पादनको दायरा बढाउने लक्ष्य छ कि ?
चौधरी ग्रुपको अर्गानाइजेसन हो । शुरुवात गरिसकेपछि विस्तारको लक्ष्य हुन्छ नै । तर अहिले भने सिङ्गल रुपमा सञ्चालन गरिएको नुडल प्लान्टलाई डबल गर्ने योजना रहेको छ । पछि थप नयाँ प्रोडक्टको सोच बनाउनेछौं ।

उद्योग वरपरका घरपरिवारका सदस्यहरुलाई रोजगार दिने सम्बन्धमा के कस्तो रणनीतिहरु तय गर्नुभएको छ ?

चार वर्ष अगाडि जग्गा किन्दा मैले भनेको थिएँ कि तपाईहरु हामीलाई उद्योग सञ्चालन गर्नका लागि जग्गा दिनुस् भात हामी दिन्छौं भनेर । यसरी प्रतिवद्धता गरेअनुसार अहिले रोजगारीमा जग्गादाताहरुलाई नै पहिलो प्राथमिकता दिएका छौं । यथार्थ के हो भने, पल्लो घरमा कुखुरा पालेको छ भने वल्लो घरको साग खाइदिएजस्तै केही न केही असर छिमेकीहरुमा त परिहाल्छ नै । त्यसैले वहाँहरुलाई रोजगारीका लागि दोस्रो प्राथमिकता दिएका छौं । जसबाट अहिलेको मजदुरहरुको संख्या पुरा भएको छ । जम्माजम्मी १ सय ५० जनालाई हामीले रोजगार दिएका छौं ।
यहाँको वातावरणीय पक्षलाई कसरी सन्तुलन गर्ने योजना बनाउनुभएको छ ?
उद्योगको स्थापनासँगै वातावरणीय सन्तुलनमा असर पर्नु हुँदैन भन्ने कुरामा हामी निकै सजग छौं । तसर्थ यो क्षेत्रलाई हरियाली बनाएर औधोगिक वगान बनाइने छ । जसका लागि निर्माण तथा थप व्यवस्थापनको काम भैरहेको अवस्था छ ।

CG group , bardiya

उद्योगको दिगो व्यवस्थापनमा राज्यको जिम्मेवारी कस्तो हुनु पर्दछ ?

मुख्य रुपमा निजी उद्योगहरुका लागि सरकारी निकायबाट सहयोग नै छैन । टेलिफोनको टावर छैन यहाँका कामदारहरुको संख्यामा वृद्धि हुँदै जाँदा सञ्चारको क्षमतामा पनि वृद्धि गर्न लिमिटेड सिग्नललाई बढाउनु प¥यो । यसका लागि नेपाल टेलिकममा आग्रह गरेका छौं तर प्रमुखले आफ्नो डायरीमा नोट गरेर राख्नुभएको छ तर हालसम्म कुनै पनि पहल भएको छैन । विदेशमा निजी लगानीबाट द्योग खोल्दा लगानीकर्तालाई सरकारी क्षेत्रबाट पूर्ण रुपमा सहयोग हुन्छ । बाटो, घाटो, विजुली सेवा, सञ्चारका लागि सरकारी सहयोग प्राप्त हुन्छ । प्रोत्साहनको वातावरण छ तर हाम्रो देशमा दुःख लाग्दो कुरा छ ज्यू हजुर गर्नु पर्ने, धाउनु पर्ने हुन्छ । यस प्रकारका उद्योगले बुझाउने करबाट राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धन हुने भएकोले हामीलाई सरकारले सहयोग गर्नु पर्दछ । तपाईहरु जस्ता सञ्चार कर्मीहरुले राज्य र सरकालाई अलि चासो दिनका लागि घच्घच्याइदिनु प¥यो भन्ने आग्रह छ मेरो ।

उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको आपूर्ती कसरी भैरहेको छ ?

भैरहवा बाट ल्याएका छौं तर केही दिन अघि दाङ लमहीको घाटमा जिल्ला विकास ले रोक्यो । भारतबाट ल्याउदा रुपेडियामा अप्ठ्यारो पर्छ । यसरी सहज रुपमा आपूर्ति हुन सकेको छैन यस कार्यमा सम्बद्ध निकायबाट सहयोग भन्दा पनि कसरी फाइदा लिने भन्ने मात्रै सोच भएका कारण हामीलाई निके अप्ठेरो परेको छ ।

अन्तमा, मैले सोध्न छुटाएका र यहालाई भन्न मन लागेका केही कुराहरु छन् कि ?

बर्दियामा यसरी यति ठूलो लगानीमा पहिलो प्रयास हो । ठुलो घरानाबाट लगानी भएको छ । २०५२ मा नवलपरासीबाट ३५ जना कामदारहरु लिएर शुरु गरेको फ्याक्ट्रि आज आएर देशभर १२ ओटा फ्याक्ट्रिमा बिस्तार भएका छन् । १९ सय जनाले रोजगारी पाइरहेको अवस्था रहेको छ । यसका लागि हामीलाई सरकार तथा बुद्धिजिवी, स्थानीय, सरोकारवालाहरु सबैबाट सहयो भएमा २÷४ वर्षमा नवलपरासी जस्तै बर्दियालाई पनि औधोगिक जिल्लाका रुपमा चिनाउन सकिन्छ र समग्र जिल्लालाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ ।

कुराकानीका लागि समय दिनुभएकोमा धन्यवाद ।

यहाँलाई पनि धन्यवाद साथै यहाँको सञ्चारमाध्यम साझासवालको पनि उत्तरोत्तर प्रगतिको कामना छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२” मा एक लाख भन्दा बढी फाईदा
Next Article तुराङ् स्वास्थ्य चौकीलाई एक ब्यक्तिद्धारा एम्बुलेन्स हस्तान्तरण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कपिलवस्तु - KPLकाठमाडौँ - KTMसमाज

अबैध रुपमा भित्रिएका झन्डै ९ हजार कुखुराको चल्ला नष्ट

57 years ago
दोलखा - DLKHसमाज

दोलखाको जिलुमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

57 years ago
नवलपुर - NWLसमाज

नवलपरासीमा १४४५औँ मोहम्मद जन्मज्यन्ति भव्यताका साथ मनाउने

57 years ago

यादवद्धारा भवानीपुरमा निर्माण भईरहेको सडकको अवलोकन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?