2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

“सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२” मा एक लाख भन्दा बढी फाईदा

प्रकाश बम/चैत्र १९,डोटी ।  “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा एक लाख भन्दा बढी फाईदा भएको डोटी उद्योग बाणिज्य संघले जनाएको छ । शुक्रबार दिपायलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो ।

फागुन २१ गते ३० गते सम्म भएको महोत्सव अवधिमा १ लाख ४० हजार नौ सय बिस रुपैया फाईदा भएको उद्योग बाणिज्य संघका कोषाध्यक्ष रमेश जोराले बताउनु भयो । जम्मा ५४ लाख १२ हजार सात सय पचास रुपैया आम्दानिमा ५२ लाख ७१ हजार आठ सय तिस रुपैया खर्च भएको उद्योग बाणिज्य संघ कोषाध्यक्ष जोराले बताउनु भयो । अनुगमन तथा मूल्याङ्कन व्यवस्थापन संजोजक तथा उद्योग बाणिज्य संघ सदस्य कुलराज जोशिले प्रतिबेदन सार्वजनिक गरेका थिए ।

पास टिकटको दुरुपयोग,रमाईलो मेला महोत्सव उद्धघाटनको समयमा नभएको ,अथिति सत्कार र होटलहरुको खर्च अत्याधिक, खर्च सिमा भन्दा बढी लगाएतका कुराहरु देखिएको जोशिले बताउनु भयो । पछिल्लो समय खप्तडमा पर्यटको सङ्ख्या बढेको र अझै बढाउन आफुहरु लागि परेको होटल व्यवसायि संघका अध्यक्ष तथा उद्योग वाणिज्य संघका सदस्य दिपक खड्काले बताउनु भयो ।

खुला सत्रमा जिज्ञासा राख्दै पत्रकाहरुले उद्योग बाणिज्य संघले गरेको कार्य प्रशंसनिय भएको बताएका थिए । त्यस्तै आगामि दिनमा क्षेत्रिय महोत्सवलाई क्षेत्रीय रुपमा लैजान सुझाव दिएका थिए । भेटघाट कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघशाखाका अध्यक्ष मिन बमले खप्तडमा भईरहेको करौडोको भष्ट्रचार कुरा उठाउनु पर्ने समेत बताए थिए । उद्योग बाणिज्य संघ अध्यक्ष नरेन्द्र खड्काले पत्रकारहरुले गरेको सहयोगको धन्यवाद दिदै आगामि दिनमा सुझावलाई मनन गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै ०७३ फागुन १२ देखि सुदुर पश्चिम क्षेत्रीय महोत्सव लाग्ने समेत भेटघाट कार्यक्रममा अध्यक्ष खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई