Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत ०१ गते, बिहान ११:०८ बजे
खोटाङ्ग - KTG

खोटाङको एक गापाको वडाध्यक्षमाथि आक्रमण

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । 

गएराति घर फर्कंदै गरेको अवस्थामा उहाँ आक्रमणमा पर्नुभएको हो । आक्रमणपछि भाग्नुभएका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन । 

आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो । घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ । रासस