९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री विष्टसँग चिनियाँ राजदूतको भेटवार्ता

११ बैशाख २०७५, मंगलवार १७:०६

वैशाख ११, काठमाडौँ (रासस) | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि चीनका राजदूत यू होङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

भेटमा उहाँहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक, कूटनीतिक, सामाजिक, सांस्कृतिक र श्रमसम्बन्धी आर्थिक सम्बन्धलगायत दुई देशबीचको पारस्परिक सहयोगका विविध आयामहरुबारे छलफल भएको मन्त्रालयले जनाएको छ । 

मन्त्री विष्टले पछिल्लो दशकमा चीनले हासिल गरेको आर्थिक प्रगति र त्यसको दिगोपनाको प्रशंसा गर्नुहुँदै चीनको विकासको प्रभावको उपयोगबाट मात्र पनि गरिबी निवारण, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपालले फड्को मार्नसक्ने बताउनुभयो । 

उहाँले नेपालको दक्ष र सीपयुक्त जनशक्तिलाई स्वदेशमा नै उपयोग गरी नेपालको विकासमा परिचालन गर्नका लागि सरकारले उपयुक्त नीति तयार गरी कार्यान्वयन गर्ने सोच बनाएको र यसका लागि चीनसँगको अनुभव आदानप्रदान उपयोगी हुने कुरा समेत उल्लेख गर्नुभयो । 

सो अवसरमा चिनियाँ राजदूत यूले चीन आधुनिक र प्रविधियुक्त विकास निर्माणको दिशामा अग्रसर भएको र यसैमा आधारित भई चीन सरकारको सहयोगमा नेपालमा विभिन्न आयोजनाहरु सञ्चालन रहेको चर्चा गर्नुभयो । 

नेपालमा सञ्चालित परियोजनाहरुमा कार्यरत चिनियाँ कामदारलाई भिसा उपलब्ध गराउने प्रणालीलाई थप सरलीकृत बनाउन सकेमा नेपालमा कार्यरत चिनियाँ कामदारलाई थप सहज हुने राजदूत यूले व्यक्त गर्नुभएको थियो । 

राजनीतिक स्थायित्वसँगै नेपालको लगानी नीति र औद्योगिक वातावरणमा क्रमशः सुधार हुँदै गएकाले आगामी दिनमा चिनियाँ लगानी बढ्ने र यसबाट आन्तरिक रोजगारी अभिवृद्धिमा सघाउ पुग्ने विश्वाससमेत चीनियाँ राजदूतले व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । 

राजदूत यूले नेपाललाई आवश्यक पर्ने सीपमूलक तालिम र उद्यमशिलता विकासको लागि प्रस्ताव पहिचान गरी जानकारी गराइएमा त्यस्ता तालिम सञ्चालन गर्न र तालिम केन्द्रहरुको स्तरोन्नतिका लागि चीन सरकारले आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रेमीलाई अविवाहित भनेर बोलेको झूटलाई बचाउन २ नाबालिग छोरीको हत्या भीम रावल अराजकतावादी र व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन् : विष्णु पौडेल सैफ अली खानको १ खर्ब ५० अर्ब भारूको सम्पत्ति जफत हुन सक्ने गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय (सूचीसहित) आईसीसी यू-१९ महिला टी२० विश्वकप: जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो नेपाल प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ? ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ- भीम रावल सल्यानमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं: गृहमन्त्री लेखक अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय बम्जन पक्राउ अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित ‘कारण देखाऊ’ आदेशपछि उच्च अदालत पोखरामा अब रवि लामिछानेविरुद्ध यसरी चल्नेछ प्रक्रिया यू-१९ महिला विश्वकप: जित्नै पर्ने दबाबमा नेपाल, अस्ट्रेलियाविरूद्ध पहिला बलिङ गर्ने युक्रेनसँगको युद्ध अन्त्य गर्न पुटिनलाई ट्रम्पको चेतावनी महिला यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ